- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

बेलायतमा उपचार गराइरहेका पाकिस्तानी पूर्वप्रम शरिफविरुद्ध मुद्दा दायर

June 27, 2020
529
Shares
- ADVERTISEMENT -

काठमाडौँ, शनिबार, १३ असार २०७७ । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफका विरुद्धमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको छ । पाकिस्तानको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायले भ्रष्टाचार गरेको भन्दै उनीविरुद्धमा मुद्दा दायर गरेको सम्बद्ध अधिकारीहरुले जनाएका छन् ।

शरिफसँगै अरु तीन जनलाई पनि ३४ वर्षअगाडिको प्रञ्जाव प्रान्तको जग्गासम्बन्धी काम कानुन विपरीत गरेको भन्दै दोषी दाबी गरेर मुद्दा दायर गरिएको पीटीआइले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

स्वास्थ्य उपचारका क्रममा अहिले बेलायतको लण्डनमा रहेका ७० वर्षीय शरिफलाई पक्राउ पुर्जी पनि जारी गरिएको छ । पाकिस्तानमा तीन पटक प्रधानमन्त्री भएका शरिफलाई यसअघि भ्रष्टाचारसम्बन्धी अन्य मुद्दा पनि लगाइएको छ ।

अहिलेको मुद्दामा शरिफसँगै दोषी दाबी गरिएकामा जङ्ग–जेओ मिडिया ग्रुपका सञ्चालक मिर शकिलुर रहमान, लाहोर विकास प्राधिकरणका पूर्वनिर्देशक हुमायुन फइज रासुल र पूर्व भूमि निर्देशक मिअन बसिर रहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

सन् १९८६ मा शरिफ पञ्जाबको मुख्यमन्त्री भएका थिए । मुख्यमन्त्री रहेको समय उनले अवैध तरिकाले मिर शुकिलुर रहमानलाई लाहोरको केही जग्गा दिलाएको दाबी गरिएको छ ।

सो कार्य गर्दा शरिफ र दुई जना सरकारी उच्च अधिकारीले कानुनको उलङ्घन गर्दै शक्तिको दुरुपयोग गरेको आरोप लगाइएको छ ।

अन्य मुद्दासमेतमा आरोप लागेर दण्ड सजाय भोगेका शरिफले उपचारका लागि अदालतले अनुमति दिएपछि गत नोभेम्बरमा लण्डन गएका हुन् ।

उपचारका लागि उनले चार हप्ताका लागि मात्रै अनुमति पाए पनि अहिलेसम्म बेलायतमै बसिरहेका छन् । शरिफकी श्रीमतीको पनि दुई बर्षअगाडि उपचारकै क्रममा लण्डनमा निधन भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com