Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२७:४३ बिहान
- ADVERTISEMENT -

विश्वभर ९७ लाख मानिस संक्रमित, ५२ लाख ५५ हजार ७३१ जना संक्रमण मुक्त

प्रकाशित मिति: २०७७ असार १२, शुक्रबार

553
Shares

काठमाडौं, शुक्रबार, १२ असार २०७७ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर ९७ लाख व्यक्तिहरु संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख ७९ हजार ५ सय २१ नयाँ संक्रमित थपिएका छन् । यससगै विश्वभर कुल संक्रमितको संख्या ९७ लाख १० हजार १ सय ६७ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा ५ हजार १ सय ७८ जनाले ज्यान गुमाएका छन् ।यससगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ९१ हजार ७ सय ८३ पुगेको छ । कुल संक्रमितमध्ये ५२ लाख ५५ हजार ७ सय ३१ जना संक्रमण मुक्त भएका छन् । ३९ लाख ५६ हजार २ सय २५ जनाको विश्वका विभिन्न कोरोना उपचार अस्पतालहरुमा उपचार भइरहेको छ भने ५७ हजार ६ सय २५ जनाको अवस्था गम्भिर रहेको छ ।

कोरोना भाइरसबाट संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी संक्रमित देखिएका छन् । केही समययता अमेरिकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ३७ हजारभन्दा बढी कोरोना संक्रमित भएको पुष्टि भएको छ ।

पछिल्लो अपडेट अनुसार अघिल्लो दिनको तुलनामा ब्राजिलमा सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका छन् । ब्राजिलमा २४ घण्टामा ४० हजारभन्दा बढीमा कोरोना संक्रमणको पुष्टि भएको हो । ब्राजिलमा १२ लाख ३३ हजार १ सय ४७ जनामा कोरोना संक्रमण फैलिएको छ ।

अमेरिका, ब्राजिल र रसियापछि भारतमा धेरै कोरोना संक्रमितको संख्या पुष्टि भएको छ । भारतमा पछिल्लो २४ घण्टामा १८ हजारभन्दा बढी संक्रमित थपिएका छन् । भारतमा कुल संक्रमितको संख्या ४ लाख ९१ हजार १ सय ७० पुगेको छ भने निको हुनेको संख्या २ लाख ७५ हजार ६ सय ७१ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा भारतमा ४ सय १ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ हजार ३ सय ८ पुगेको छ ।

युरोपेली मुलुकमध्ये रसियामा सबैभन्दा संक्रमित भेटिएका छन् । रसियामा ६ लाख १३ हजार ९ सय ९४ मा कोरोना पुष्टि भएको छ भने गएको २४ घण्टामा ७ हजार १ सय १३ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यसैगरी, युरोपका देश बेलायत, स्पेन, इटली, जर्मनी र फ्रान्समा पनि कोरोना संक्रमितको संख्या उच्च देखिएको छ ।

युरोपका मुलुकमा २३ लाख ७२ हजार जनामा कोरोना संक्रमण देखिएको छ भने १ लाख ८९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा युरोपेली मुलुकमा ४ सय १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

उत्तर अमेरिकी मुलुकमा २९ लाखभन्दा बढी कोरोनाको संक्रमणमा छन् भने ४५ हजारभन्दा बढी नयाँ थपिएका छन् । उत्तर अमेरिकाका देशहरुमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ६२ हजार ३ सय १० पुगेको छ । निको हुने १३ लाख ८ हजार छन् ।

एसियाली मुलुकमा सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको देशमा भारत छ । भारतपछि इरान, टर्की, पाकिस्तान र साउदी अरबमा पनि कोरोना संक्रमितको संख्या उच्च छ । यस्तै बंगलादेशमा १ लाख २६ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ९ सय जना नयाँ संक्रमित पुष्टि भएको छ ।

पहिलोपटक कोरोना भाइरस भेटिएको देश चीनमा पछिल्लो २४ घण्टामा १९ जना मात्र नयाँ संक्रमित थपिएका छन् । चीनमा कोरोना संक्रमितको संख्या ८३ हजार ४ सय ४९ पुगेको छ ।

दक्षिण अमेरिकी मुलुकहरुमा १९ लाख ८४ हजार ९ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७७ हजार ८ सय ५० जनाको ज्यान गएको छ ।

दक्षिण अमेरिकी मुलुकमा पछिल्लो २४ घण्टामा ५८ हजारभन्दा बढी संक्रमित भएका छन् । तीमध्ये सबैभन्दा धेरै संक्रमित ब्राजिलका छन् ।

अफ्रिकाका ५७ मुलुकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । अफ्रिकामामा ३ लाख ५० हजार ५ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ भने ९ हजार १ सय ३ जनाले ज्यान गुमाएका छन् ।

अफ्रिकाली देशमध्ये दक्षिण अफ्रिकामा १ लाख १८ हजार ३ सय ७५ जना कोरोना संक्रमित देखिएका छन् । त्यसपछि इजिप्टमा ६१ हजार १ सय ३० जनामा कोरोनाबाट संक्रमित भएको पुष्टि भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -