- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

स्वदेश आइपुगे १८ सय ६९ नेपाली

June 25, 2020
546
Shares
- ADVERTISEMENT -

काठमाडौँ, बिहिबार, ११ असार २०७७ । कुवेतबाट अहिलेसम्म १२ उडानमार्फत १८ सय ६९ जना स्वदेश फर्किएका छन् ।

अहिलेसम्म नेपालका नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले एक/एक उडानमार्फत ३०४ जना र कुवेतको जजिरा एअरको १० उडान गरी जम्मा १८ सय ६९ जना स्वदेश फर्किएका कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

जजिरा एअरमार्फत कुवेत सरकारले भिसा उल्लङ्घन गर्नेका लागि घोषणा गरेको आममाफी कार्यक्रममा सहभागी भएकालाई १० वटा उडानमार्फत ल्याइदिएको छ । आममाफीमा सहभागी झण्डै ३ हजार जना रहेका छन् । कुवेतले क्रमश: सबैलाई ल्याइदिनेछ ।

कुवेतमा रहेको नेपाली दूतावासले दुईवटा चार्टर्ड उडानमार्फत त्यहाँ विभिन्न कारणले समस्यामा परेकालाई स्वदेश पठाएको हो ।

- ADVERTISEMENT -

Advertisement

स्वदेश फर्कनैपर्ने अवस्थामा रहेका गर्भवती, कोरोना बाहेकका गम्भीर रोगका बिरामी, काजकिरियाका लागि फर्कन पर्नेहरु, अपांगता भएकालगायतका व्यक्तिलाई प्राथमिकतामा राखेर दूतावासले स्वदेश पठाएको हो ।

समस्यामा परेका नेपालीको स्वदेश फिर्तीको लागि सहजीकरण र बिदाई गर्न कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी आफैं विमानस्थलमा पुग्नुभएको थियो । उहाँसँगै अन्य कुटनैतिक कर्मचारीले सहजीकरण तथा बिदाई गरेको दूतावासले जनाएको छ । आउँदा दिनमा पनि समस्यामा परेका र स्वदेश फर्कनैपर्ने अवस्थामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि सहजीकरण र समन्वय गर्ने दूतावासले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com