Opens in a new tab
२०८३ कात्तिक २९, शनिबार
२:५५:१७ दिउँसो
- ADVERTISEMENT -

कोरोना अपडेट : विश्वभर ९३ लाखभन्दा बढीमा कोरोना संक्रमण, ५० लाख ४१ हजार १ सय ३७ जना कोरोना संक्रमित निको

प्रकाशित मिति: २०७७ असार १०, बुधबार

640
Shares

काठमाडौं, बुधबार, १० असार २०७७ । कोरोना भाइरसका कारण विश्भवर ९३ लाखभन्दा बढी संक्रमित भएका छन् । बुधवार बिहानसम्म विश्वभर ९३ लाख ६० हजार ६ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४ लाख ७९ हजार ७ सय ७७ पुगेको छ ।

संक्रमितमध्ये ५० लाख ४१ हजार १ सय ३७ जना कोरोना संक्रमित निको भइसकेका छन् । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका ३८ लाख ३१ हजार ७ सय ३१ जना कोरोना भाइरससँगको लडाइँ लडिरहेका छन् ।

कोरोना भाइरसका कारण संयुक्त राज्य अमेरिकामा मात्र २४ लाख २४ हजार १ सय ६८ जनामा कोरोनाको पुष्टि भएको छ भने १ लाख २३ हजार ४ सय २३ जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाइरसका कारण युरोपेली मुलुकमा २३ लाख ४२ हजार २ सय ७१ जना कोरोना संक्रमित भएका छन् भने पछिल्लो २४ घण्टामा १३ हजार ७ सय २४ जना थपिएका छन् ।

यस्तै उत्तर अमेरिकी मुलुकहरुमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २८ लाख १९ हजार ९ सय ३१ पुगेको छ ।

एसियाली मुलुकहरुमा सबैभन्दा बढी भारत र त्यसपछि इरानमा कोरोनाको संक्रमण बढी देखिएको छ । एसियाली मुलुकहरुमा १९ लाख ८२ हजार ६ सय २ जना कोरोना संक्रमित देखिएका छन् । यी मुलुकमा ५० हजारले ज्यान गुमाइसकेका छन् ।

अफ्रिकी मुलुकमा कोरोना संक्रमितको सङ्ख्या ३ लाख २७ हजार ४ सय ६४ जनामा कोरोना पुष्टि भएको छ । यीमध्ये पछिल्लो २४ घण्टामा ९ हजार १ सय ४३ जना संक्रमित थपिएका छन् ।

विश्वमा कोरोना संक्रमित संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी ९२४ लाख २४ हजार १ सय ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

छिमेकी मुलुक भारत बढी कोरोना संक्रमित राष्ट्रमध्ये चौथो नम्बरमा छ । संयुक्त राज्य अमेरिका, ब्राजिल र रसियापछि भारतमा कोरोना संक्रमितको संख्या बढी देखिएको छ ।

पछिल्लो अपडेट अनुसार ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या ११ लाख ५१ हजार ४ सय ७९ पुगेको छ भने रसियामा ५ लाख ९९ हजार ७ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतमा कोरोना संक्रमितको सङ्ख्या ४ लाख ४० हजार २ सय १५ पुगेको छ । १४ हजार जनाले ज्यान गुमाएका छन् ।

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या १० हजार ९९ पुगेको छ भने २४ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । यीमध्ये २ हजार २ सय २४ जना निको भएर घर फर्किसकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -