काठमाडौँ, सोमबार, ८ असार २०७७ । नेपाल भारत सीमानामा तारबार लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । नेपाल–भारत सीमा व्यवस्थापनका लागि राज्यले उचित कानुन बनाएर काँडे तार लगाउनुपर्ने मागसहित सर्वोच्चमा रिट परेको हो ।
आइतबार अधिवक्ता शालिकराम सापकोटा, नवल खड्का, गीता सापकोटा, सुवास विश्वकर्माले नेपाल–भारत सिमाको १,८८० किलोमिटर तारबार लगाउन माग गरेका हुन् । उनीहरुले सीमाना रक्षा र संरक्षणका निम्ति चरणवद्ध रुपमा यसै अर्थिक वर्षदेखि तारजाली लगाउन सुरु गर्न सरकारको नाममा परमादेशको आदेश माग गर्दै रिट दायर गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरीषदको कार्यालय, प्रतिनिधिसभा र राष्ट्रियसभा, कानून मन्त्रालय, राष्ट्रिय सुरक्षा परिषद लगायतलाई विपक्षी बनाइएको रिटमा सीमा सुरक्षा र संरक्षणका लागि उचित कानुन बनाउन र अन्य देश सरह अध्यागमन कानुन लागू गर्न पनि माग गरिएको छ।








































