- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गस्ती गर्दे पहिलोपटक कालापानीको १ नम्बर पिलरमा पुग्यो सशस्त्र

June 22, 2020
946
Shares
- ADVERTISEMENT -

काठमाडौँ, सोमबार, ८ असार २०७७ । पहिलो पटक सशस्त्र प्रहरी बलको गस्ती टोली कालापानीको सीमा नाका १ नम्बर पिलर पुगेको छ ।

सीमा सुरक्षामा खटिएको छाङरु बोर्डर आउट पोस्ट (बीओपी) को टोली गस्तीका क्रममा पहिलो पटक १ नम्बर पिलर पुगेको हो । यसअघि सशस्त्र प्रहरी बलको टोलीले छाङरु आउट बोर्डर आसपास मात्रै गस्ती गर्ने गरेको थियो ।

- ADVERTISEMENT -

Advertisement

असार ३ गते प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल छाङ्‍रु पुगेर फर्किए लगत्तै सशस्त्रको टोली सीमाक्षेत्रमा गस्ती गर्दै कालापनी क्षेत्रस्थित पिलर नम्बर १ मा पुगेको हो । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको आधिकारिक नक्सा जारी गरेपछि कालापानी क्षेत्रको सुरक्षा सतर्कता बढाइएको छ ।

गत बैशाख ३१ गते दार्चुलाको ब्यास गाउँपालिका १ स्थित छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com