- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

के दूतावासमा नाम निकाल्न नेकपाको कार्यकर्ता नै हुनु पर्ने हो कि मन्त्रीज्यु को नातेदार ? न हामीले गरेको इमेल हेर्नुभयो न त जवाफ नै दिनुभयो ?

June 21, 2020
646
Shares
- ADVERTISEMENT -

नेपाली दुताबास युएइ,
सलाम छ माननीय ज्यु,

धेरै रामो काम गर्नु भएको छ । खुसी लाग्यो । यहाँहरुलाइ कार्यालयमा आएर बधाई दिन पनि सकिएन, नाताबाध हो कि कृपाबाध हो ?

- ADVERTISEMENT -

Advertisement

हामीलाई भन्नुहुन्छ ? वास्तविक पिडित मारमा छ यहाँ, हामी =ले एक जना हाम्रो कम्पनीको भाइको फ्लाइ दुबइमा नाम आएको रहेछ । र उसैसंग काम गर्ने, हामीहरु २५ फेब्रुअरी देखि बेतलबीमा छौ खानालाइ पैसा छैन,,,,,?

हामीले सुनेको दूतावासको प्रेस बिज्ञप्तिमा आफन्त बितेको, गर्भवती महिला, बिरामी र पारिबारिक भेटघाट आउनेलाई पहिलो प्राथमिकतामा राखेको छ । र मार्चभन्दा अघि भिसा सकिएको ब्यक्तिगत तथा कम्पनी भिसाको प्राथमिकताको आधारमा भन्नू हुन्थ्यो ? उत्तर दिनुहोस् हामीलाई ? कृपया हाम्रो गुनासोको उत्तरको अपेक्षा गरेको छौ ।

- ADVERTISEMENT -

Advertisement

२५ /०२ /२०२० भन्दा पहिला भिसा सकिएका हामीहरुको पहिले पालो आउने हो कि, ०७ /०४ /२०२० भिसा सकिएको पहिला आउने हो ? यहि हो, प्राथमिकता को आधार भनेको?

हामी एउटै कम्पनीमा काम गर्ने साथी जस्को भिसा ०७ /०४ /२०२० मा सकियो तर उस्को नाम पहिला आयो, तर हाम्रो नाम आएन ? हामी आफ्नो देश जानको लागि जे सरकारले निर्णय गर्यो त्यसकै आधारमा पर्खाइमा छौ, तर बिडम्बना अनियमितता कार्ययोजना जुन बिज्ञप्ति निकालियो त्यसको ठिक बिपरित तरिकाले नाम निकलियो ।

हामी नेपाली दूतावासका प्रा:य सबै नम्बरमा कल गर्यौ तर, कहिले पनि फोन उठेन । र सन्तोषजनक जवाफ पनि हामीलाई आउन सकेन । हामी २५ /०२ /२०२० मा भिसा सकिएका कुनै साथीको नाम नै आएन ?

के दूतावासमा नाम निकाल्न नेकपाको कार्यकर्ता नै हुनु पर्ने हो कि मन्त्रीज्यु को नातेदार नै हुनु पर्ने हो ? न हामीले गरेको इ- मेल कहिले हेर्दिनु भयो । न त जवाफ नै दिनुभयो । तपाईंहरुको काम हेर्दा हामीलाई कत्ति पनि चित्त बुझेको छैन । हामी रहरले होइन यहाँ बसेको ?

तपाईंहरुको मान-मर्यादामा ठेस पुर्यौने मनसाय पनि होइन तर, सरकारी तलब खाएर यसरी नाताबाद र कमिसनको खेल गर्नु भएको जस्तो महसुस हामीले पायौं । विशेष गरी निर्मला थापाज्यु तपाईं ब्यक्तिगत भिसा र कम्पनी भिसा हेर्ने ब्यक्ति । यो कसरी सम्भब भयो कि प्राथमिकता को आधार भनेर हामी भन्दापछि भिसा सकिएको मानिसको पहिला नाम आयो ?

पीडा हामी सबैलाई छ, हामीलाई पनि थाहा छ । बेतलबी भएर बसेको ४ महिना भयो। केही इमर्जन्सी नभइकन पनि म भन्दा पछि भिसा सकिएको साथी जो म संगै बस्छ । उसको नाम पहिला कसरी आयो ?

यो म्यासेज सेयर गरी mbc नेपाल,आबुदहाबी UAE सम्म पुर्याइ दिनु होला र जानकारीको लागि,

कृतम भट्ट :- 0525173810

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com