- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

साउदीबाट १५३ जना लिएर काठमाडौं आइपुग्यो हिमाल एयरलाइन्स

June 19, 2020
502
Shares
- ADVERTISEMENT -

काठमाडौं, शुक्रबार, ५ असार २०७७ । साउदीबाट १ सय ५३ जना नेपाली काठमाडौं आइपुगेका छन् ।

कोरोना महामारीमा साउदीमा अप्ठ्यारोमा परेका १ सय ५३ जना नेपाली लिएर हिमाल एयरलाइन्सको विमान शुक्रबार बिहान ६ः४५ मा त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलमा अवतरण गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार उक्त विमानबाट साउदीमा वैदेशिक रोजगारीको शिलशिलामा निधन भएका एक नेपालीको शव पनि ल्याइएको छ । साउदीमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भएको यो पहिलो उडान हो । साउदीको दमामबाट हिमालय एयरलान्सले दोस्रो चार्टर्ड उडान भोलि (शनिबार) पनि हुने क्षेत्रीले जानकारी दिए ।

उक्त उडानमार्फत स्वदेश फिर्ताका लागि २ सय २६ जना प्राथमिकतामा परेका छन् । यस्तै साउदीको रियादबाट नेपाल एअरलाइन्सले जुन २१ तारिखमा साउदीबाट उडान भर्नेछ ।

- ADVERTISEMENT -

Advertisement

यो उडानमार्फत ४ सय ४५ जनाको नाम दूतावासले प्राथमिकतामा राखेर सार्वजनिक गरेको छ ।

यस्तै आजै माल्दिभ्सबाट पनि १ सय ५० जना तथा कुवेत र कतारबाट पनि नेपालीहरु स्वदेश फर्कदै छन् ।

यसैगरी यूएईबाट १ सय ४८ जना नेपाली स्वदेश फर्किएका छन् ।

उनीहरूलाई लिएर उडेको नेपाल एयरलाइन्सको विमान साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने प्राधिकरणका प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com