पोखरा, शुक्रबार, ५ असार २०७७ । गण्डकी प्रदेशमा आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बाग्लुङका मात्रै १४ जना छन् । सो जिल्लाका गल्कोट नगरपालिका र काठेखोला गाउँपालिकामा मात्रै ६/६ जना, नवलपरासी पूर्वमा २, कास्की ६ र स्याङ्जामा २ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा जारी सूचनामा उल्लेख गरिएकाे छ ।








































