Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४२:१७ बिहान
- ADVERTISEMENT -

राष्ट्रपतिद्वारा संविधान संशोधन विधेयक प्रमाणीकरण : अब निशानछापमा लिम्पियाधुरासहितको भू:भाग

प्रकाशित मिति: २०७७ असार ४, बिहीबार

470
Shares

काठमाडौं, बिहिबार, ४ असार २०७७ । राष्ट्रपति बिद्यादेवी भण्डारीले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूभाग नेपालको निशान छापमा समावेश गर्ने पारित भएको संविधान संशोधन विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रियसभाबाट पारित भइ सभामुख अग्नि सापकोटाले प्रमाणित गरेर राष्ट्रपति कार्यालय शीतलनिवास पठाएको केही समयमै राष्ट्रपति भण्डारीले बिद्येयक प्रमाणिकरण गर्नुभएको हो ।

संसदमा संशोधन विधेयक दर्ता भएको २८ औं दिनमा अभूतपूर्व राष्ट्रिय एकतासहित आज संशोधन प्रक्रियाले पूर्णता पाएको हो । विधेयक आज नै राष्ट्रियसभाले सर्वसहमति पारित गरेर फिर्ता पठाएपछि सभामुख सापकोटाले तत्कालै प्रमाणित गरी राष्ट्रपति कार्यालय पठाउनु भएको थियो ।

राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेसँगै लामो समयदेखि नेपालको नक्साबाट हराएको लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूमाग संविधानमै समेटिन पुगेको छ । २०३२ सालसम्म नेपालको औपचारिक नक्सामा रहेको लिम्पियाधुरासम्मको भूभाग नेपाल आफैँले नक्सा जारी गर्दा भने छुटाएको थियो ।

नक्सालाई संविधानको अनुसूची–३ मा रहेको नेपालको राष्ट्रिय चिन्हमा समावेश गर्न सरकारले जेठ ९ गते प्रतिनिधिसभा सचिवालयमा संविधान विधेयक पेश गरेको थियो ।

त्यसअघि जेठ ७ गते सरकारले भारतले अतिक्रमणमा गरेको भूभाग समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो । विधेयक सर्वसाधरणको जानकारीका लागि जेठ २० गते सार्वजनिक गरेको थियो। जेठ २७ गते प्रतिनिधिसभामा छलफल भइ संशोधनका लागि ७२ घण्टा समय दिइ ३१ गते अर्थात् आइतबार पारिते भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -