सल्यान, बुधबार, ३ असार २०७७। यहाँ आईसोलेसनमा रहेका ४१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन । जिल्ला अस्पताल सल्यानको आईसोलेसनबाट छ जना र सल्यान बहुमुखी क्याम्पसको आईसोलेसनबाट ३५ जना निको भएर घर फर्किएका हुन ।
स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जुन बुढाले निको भएर घर फर्कनेमा तीन बर्षिया बालिका देखि ६० बर्ष सम्मका रहेको बताउनुभयो । उहाँका अनुसार सल्यान वहुमुखी क्याम्पसको आइसोलेसन र सल्यान अस्पतालमा रहेको कोरोना संक्रमित एक सय ११ जनाका दोश्रो पटक पिसिआर रिर्पोट जाँच गर्दा ४१ जनाको रिर्पोट नेगेटिभ आएपछि उनिहरुलाई घर पठाईएको छ ।
निको भएर घर फर्कनेमा दार्मा गाउँपालिकाका ६ जना र बनगाड कुपिण्डे नगरपालिकाका ३५ जना रहेका छन् । सल्यानमा कोरोना भाईरस संक्रमनबाट निको हुनेको संख्या ५४ पुगेको छ । यस अघि सुर्खेतको कोरोना अस्पतालमा उपचाररत १३ जना निको भएर घर फर्कि सकेका छन् । लुहापिङको आइसोलेसन र सल्यान अस्पतालको आइसोलेसनमा ८२ जना विरामी रहेको र उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
यसै विच दार्मागाउँपालिकाले कोरोनो भाईरस निको भएका गाउँपालिका ६ जनालाई विदाई गरेको छ । गाउँपालिका अध्यक्ष निमवहादुर केसीले होम क्वारेन्टिन वस्ने गरी घर पठाइएको बताउनुभयो । उहाका अनुसार निको भएर घर फर्किएकालाई केही दिन घरमै वस्न भनिएको छ ।
सल्यानमा अहिले सम्म ३७ सय ७० जनाको पिसिआर जाँचका स्वाव संकलन गरिएको छ । त्यस मध्ये १८सय ८२ जनाको नेगेटिभ र १३७ जनाको पोजेटिभ नजिता आएको हो । पोजिटिभ मध्ये ५४ जना निको भएर घर फकिएका छन् ।
आत्मा विश्वास भए कारोना जित्न सकिन्छ
कोरोना भाईरस निको भएका ब्यक्तिहरुले आफुलाई कुनै पनि लक्षण नभएको भएपनि कोरोना पुस्टि भएको वताएका छन् । उनिहरुले सुरुमा डर लागे पनि विस्तारै आत्मा विश्वास वढेको र कोरोना भाईरसवाट डराउनु आवश्यक नभएको वताएका छन् ।
दार्मागाउँपालिका ६ का भद्रवहादुर केसीले सुरुमा कोरोना भाईरस संक्रमण भएको सुन्दा सुरु डर लागेको भएपनि विस्तारै डर हराएको वताउनुभयो । उहाका अनुसार कुनै पनि लक्षण नदेखिएका पनि कोरोना भएको सुन्दा डर लागेको थियो । विस्तारै आत्मा विश्वा स वढ्यो ।
वनगाड कुपिण्डे नगरपालिका ५ देवी सुनारले कोरोना वारे सुन्दा डर लाग्ने गरे पनि आफैलाई कोरोन ापुस्टी भएको सुन्दा डर नलागेको वताउनुभयो । उहाका अनुसार गर्भवती भएको भएपनि कुनै लक्षण देखा नपरेर कोरोना पोजिटिभ देखियो ।








































