Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२५:५८ दिउँसो
- ADVERTISEMENT -

कोरानाका कारण हज यात्रा रोकिने सम्भावना

प्रकाशित मिति: २०७७ असार २, मंगलबार

728
Shares

काठमाडौँ, मंगलबार, २ असार २०७७ । आधुनिक इतिहासमा पहिलो पटक साउदी अरबले हज यात्रा रोक्ने सम्भावना बढेको छ । अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूका अनुसार साउदी अरबले कोरोना सङ्क्रमणको महामारीले यसप्रकारको निर्णयमा पुग्न सक्नेछ ।

एएफपीका अनुसार मुस्लिम समुदायको बाहुल्य रहेको राष्ट्रहरूले साउदी अरबमाथि जुलाइ अन्तिमसम्म भएपनि हज खुलाउन निर्णय लिन दबाव बनाउँदैछ । तर, राजनीतिक अस्थिरता, आर्थिक र महामारीको जोखिमका बीच हज खुलाए लाखौँ श्रद्धालुको आवास र खानाको व्यवस्थापनमा समस्या हुने बताइएको छ ।

साउदी अरबको मक्कामा वार्षिक रुपमा लाग्ने हजमा विश्वका लाखौँ इस्लाम धर्मावलम्बी पुग्ने गरेका छन् । मुस्लिम समुदायका लागि हज यात्रालाई ठूलो धार्मिक यात्राको रुपमा लिइन्छ ।

गत वर्षको हजमा विश्वभरिबाट करिब २५ लाख श्रद्धालु मक्कामा जम्मा भएको अनुमान गरिएको छ । साउदी अरबका एक अधिकारीका अनुसार हज यात्रा सम्बन्धमा छिट्टै नै निर्णय हुनेछ । विश्वकै सबैभन्दा बढी मुस्लिम समुदायको जनसङ्ख्या रहेको इन्डोनेसियाले निर्णय लिन ढिलाइ भएको भन्दै गत महिना नै मक्काबाट आफ्नो नागरिकलाई फित्र्ता बोलाइसकेको छ ।

इन्डोनेसियाले फित्र्ता बोलाउने निर्णयलाई अत्यन्तै तीतो र कठिन भनेर अथ्र्याएको थियो । मलेसिया, सेनेगल र सिंगापुरले पनि इन्डोनेसियाको जस्तै निर्णय लिने तयारी गरेको छ ।

इजिप्ट, मोरक्को, टर्की, बुल्गेरिया र लेबनान जस्ता मुस्लिम बाहुल्य राष्ट्रले भने सऊदी अरबको आधिकारिक निर्णयको पर्खाइमा रहेको प्रष्ट्याएको छ । फ्रान्स लगायतका युरोपेली राष्ट्रका धर्मगुरुले भने आगामी वर्षसम्मका लागि हज रोक्न आग्रह गरेका छन् ।

इस्लाम धर्ममा जीवनमा एकपटक हज यात्रा गर्नु सबैभन्दा ठूलो र महत्वपूर्ण अध्यात्म यात्राको रुपमा चित्रित गरिएको छ । विश्वभरि हवाई उडानसमेत अनियमित हुँदा सऊदी अधिकारीहरूले स्थानीय र सीमासँग जोडिएको केही राष्ट्रका श्रद्धालुलाई आउने अनुमति दिएर यसवर्षको हज छोट्याउन सक्ने विकल्पमाथि छलफल गरिरहेको छ । महामारीको जोखिमका बीच गत मार्च महिनामा सानो स्तरको उमराह निलम्बन गरिएको थियो ।

सरकारी तथ्याङ्क बमोजिम हज यात्राले साउदीको अर्थतन्त्रमा वार्षिक करिब १२ अर्ब अमेरिकी डलरको योगदान गर्छ । कोरोनाभाइरसको सङ्क्रमण छिट्टै सर्ने भएकोले लाखौँ व्यक्ति सीमित स्थानमा एकैपटक जमा भएर पूजा गर्नु जोखिमयुक्त हुनेछन् ।

साउदी अरब सरकारले हज रोके सन् १९३२ मा सऊदी अरबको स्थापना भएपछि हज रोकिने यो पहिलो अवसर हुनेछ । तर यसप्रकारको निर्णयले विश्वका लाखौँ इस्लाम धर्मावलम्बीलाई दुखी बनाउनेछन् ।

हज यात्राका लागि मुस्लिम समुदाय वर्षौंसम्मको पर्खाइमा बसेका हुन्छन् । सऊदी अरबमा कोरोनाभाइरसका करिब एक लाख ३० हजार सङ्क्रमित छन् । सोमबारसम्म एक हजार जनाले ज्यान गुमाएका छन् ।

यस वर्षको हज जुलाइ २८ मा सुरु भई अगष्ट २ मा समाप्त हुने गरी तिथि निर्धारण गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -