Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३६:३४ दिउँसो
- ADVERTISEMENT -

नेपालीको उद्धारका लागि तय भएका ६ चार्टर्ड उडान रद्द

प्रकाशित मिति: २०७७ असार २, मंगलबार

518
Shares

काठमाडौँ, मंगलबार, २ असार २०७७ । सरकारले खाडी, मलेसिया लगायत विभिन्न देशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि तय भएको उडान तालिका धमाधम रद्द हुन थालेका छन् । प्राविधिक कारण देखाउँदै सम्बन्धित देशमा रहेका नेपाली दूतावासले स्वदेश फिर्तीका लागि तय भएका उडानहरु रद्द गरेका हुन् ।

सरकारले तय गरेको कार्यतालिका अनुसार आज साउदी, कतार, यूएई, माल्दिभ्सबाट नेपाली फर्कन पर्ने हो, तर यी देशबाट हुने उडानहरु त्यहाँ रहेका नेपाली दूतावासले रद्द गरिसकेका छन् । खाडीका देश र माल्दिभ्सबाट फर्कने ६ वडा उडान अहिलेसम्म रद्द भएका छन् ।

कुन कुन देशबाट रद्द भए ?

साउदीको दमामबाट असार १ गते हुने भनिएको हिमालय एअरलान्सको उडान रद्द भएको छ । दूतावासले प्राविधिक कारणले यो उडान रद्द भएको जनाएको छ । यस्तै असार १ गते नै माल्दिभ्सबाट त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि हुने निश्चित भएको उडान पनि रद्द भएको छ ।

यूएईबाट आज मंगलबार र पर्सि बिहीबारलाई तय भएको उडान पनि रद्द भएको छ । नेपाल एअरलाइन्सले त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि तय भएको चार्टर्ड उडान प्राविधिक कारणले रद्द भएको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ ।

कतारको दोहाबाट आज मंगलबार हिमालय एअरलाइन्स र भोलि बुधबार हिमालय एअरलाइन्समार्फत हुने चार्टर्ड उडान रद्द भएको छ । कतारमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि तय भएको उडान प्राविधिक कारणले रद्द भएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

अर्को उडान कहिले हुन्छ भन्ने टुंगो लागेको छैन । कतारबाट स्वदेश फर्कने नेपालीको संख्या ६ हजार ७७ छ । यो दूतावासको प्राथमिकतामा परेका नेपालीको सूची हो ।

यस्तै बहराइनबाट त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीको लागि तय भएको असार ३ गतेको उडान पनि असार असार ७ गते मात्रै हुने त्यहाँ रहको नेपाली दूतावासले जनाएको छ ।

साउदीको दमामबाट १८ जुन बिहीबार उडान हुने भनिएको छ । यो बाहेक अन्य उडान कहिले हुन्छ भनेर भनिएको छैन ।

अब कुन उडान कहिले हुन्छ ?

(खाडीका देश र मलेसियाको उडान तालिका)

कुवेतबाट प्राथमिकतामा परेका नेपालीलाई ल्याउनका लागि असार २, गते, ५ गते, ७ गते र १० गते हुने तय भएको थियो । तर कुवेतमा रहेको नेपाली दूतावासले यो तालिका अनुसार उडान हुने नहुने भन्नेबारे कुनै जानकारी दिएको छैन ।

असार २ गते, ३ गते, ६ गते र ८ गते कतारमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि उडान तालिका तय भएको थियो । तर प्राविधिक कारणले पहिलो उडान नै रद्द भएकाले अर्को उडान हुने नहुने दूतावासले खुलाएको छैन ।

यूएईमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार २ गते, ४ गते, ६ गते र असार ९ गते उडान तालिका तय भएको थियो । पहिलो दुई उडान रद्द भइसकेकाले पछिल्ला उडानहरुमा पनि असर पर्ने देखिन्छ । रद्द भएका उडान कहिले खुल्छ भनेर भनिएको छैन ।

सरकारले मलेसियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार १ गते, ४ गते, असार ६ गते र ७ गते उडान तालिका तय गरेको थियो । तर सरकारको तालिका अनुसार असार १ गते उडान भएन । अब अर्को उडान असार ४ गते हुनेछ ।

साउदीमा समस्यामा परेका नेपालीलाई ल्याउन असार १ गते, ४ गते, ५ गते र १० गते उडान हुने तय भएको थियो । एक गतेको उडान ४ गतेलाई सारिएको छ । अर्को उडानबारे दूतावासले अहिले जानकारी दिएको छैन ।

ओमानमा समस्यामा परेका नेपाली १६६ जना नेपाली दूतावासको तालिका अनुसार नै हिजो फर्किएका छन् । दोस्रो उडान असार ४ गते हुने त्यहाँ रहेका नेपाली दूतावासले जनाएको छ ।

कहाँबाट आउन कति भाडा ?

नेपाल एअरलाइन्सको भाडादर

यूएईका तीन राज्य दुबई, सारजहा र आबुधाबीबाट फर्कनेका लागि ३९० डलर, मलेसियाका लागि ३७२ डलर साउदीको दमामको भाडा ४३०, रियादबाट नेपाल फर्कनेका लागि ४६५ र जेद्दाबाट स्वदेश फर्कनेले अब चार्टर्ड उडानको भाडा ५९० अमेरिकी डलर तिर्नपर्छ ।

ओमानको भाडा ३६८ मा तोकिएको छ । तर ओमानमा रहेको नेपाली दूतावासले ओमानकै सलाम एअरमार्फत नेपालीलाई ११५ ओमानी रियाल अर्थात २९८ अमेरिकी डलर भाडा तोकेको छ ।

यस्तै बहराइनबाट फर्किनेले ३९२ अमेरिकी डलर तिर्नुपर्छ भने कुवेतको भाडा ४१० अमेरिकी डलर कायम गरिएको छ । जोर्डनको भाडा ६७५, साइप्रसको भाडा ७३० डलर तोकिएको छ ।

हिमालय एअरलाइन्सको भाडा

हिमालय एअरलाइन्सले साउदीको दमामबाट नेपाल फर्कने नेपालीको लागि हिमालयले ४६५ अमेरिकी डलर भाडादर कायम गरेको छ । मलेसियाको क्वालालाम्पुर विमानस्थलबाट स्वदेश फर्कनेका लागि ३७२ अमेरिकी डलर तोकिएको छ ।

यूएईको आबुधाबीका लागि ३८५, बंगलादेशको ढाकाका लागि १६५, माल्दिभ्सको मालेका लागि ४८०, सिंगापुर, नोमपेन्ह र कम्बोडियाका लागि ५२०, श्रीलङ्का र माल्दिभ्सका लागि ३८० अमेरिकी डलर तोकिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -