- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

पासका सम्बन्धमा नयाँ व्यवस्था

June 14, 2020
633
Shares
- ADVERTISEMENT -

काठमाडौं, ३२ जेठ २०७७ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानी प्रवेश गर्ने र यहाँबाट बाहिरिने सवारीको पासका सम्बन्धमा नयाँ व्यवस्था गरेको छ ।

जिल्ला प्रशासन कार्यालय (सिडिओ) काठमाडौंले आइतबार एक सूचना जारी गर्दै गृह मन्त्रालयको निर्देशनअनुसार उपत्यकाभित्र प्रवेश गर्ने र यहाँबाट बाहिरिने सवारी पासका सम्बन्धमा नयाँ व्यवस्था गरेको जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

अब बाहिरी जिल्लाबाट राजधानी आउन चाहनेले आफू उपत्यकामा बसोबास गरेको नगरपालिकाले प्रवेशका लागि दिएको अनुमतिपत्र सहित यात्रा सुरु गर्ने जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ ।

सो पत्रको आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले काठमाडौंको सिडिओ कार्यालयसँग अनुमति माग्दै पत्र लेख्नेछ । सम्बन्धित जिल्लाबाट पत्र प्राप्त भएपछि संक्रमण जोखिम विश्लेषण, यात्राको औचित्य पुष्टि हुने कागजात समेतका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पास जारी गर्न सहमति दिने सूचनामा उल्लेख छ ।
यसको अर्थ जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई उपयुक्त नलागेको खण्डमा बसोबास गर्ने नगरपालिकाको पत्र र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको अनुरोधमा पनि सवारी पास जारी गर्ने अनुमति नपाउन सकिन्छ ।

- ADVERTISEMENT -

Advertisement

त्यसैगरी, यसअघि काठमाडौं जिल्ला भित्रका लागि जारी गरिएको सवारी पास खारेज गरेको छ । सवारी साधनमा जोर–बिजोर प्रणाली लागू भइसकेकोले उक्त पास खारेज गरेको कार्यालयले प्रस्ट पारेको छ ।

उपत्यकाबाट बाहिर जानेको हकमा व्यक्तिगत अत्यावश्यक कामको लागि भए प्रयोजन खुल्ने कागजात सहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ ।

सरकारी वा संस्थागत कामको लागि भए सम्बन्धित संस्थाको सिफारिस पत्रसहित सिडिओ कार्यालयमा सम्पर्क राख्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com