- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

‘अब हाम्रो भूमिबाट विदेशी सेनालाई फिर्ता पठाउने छौँ’ – गगन थापा

June 14, 2020
688
Shares
- ADVERTISEMENT -

काठमाण्डौँ, आइतबार, ३२ जेठ २०७७ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य गगन थापाले सबै नेपाली एकताबद्ध भएर नेपाली भुमीबाट भारतीय सेनालाई फिर्ता उद्घोष गरेका छन् ।

संसदबाट संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएलगतै सासद थापाले लिम्पियाधुरा, कालापानी र लिपुलेकबाट भारतीय सेना फिर्ता पठाउने चेतावनी दिएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

उनले ‪सामाजिक सञ्जाल ममार्फत सिङ्गो संसद् एक ढिक्का भएर परिवर्तित नक्सालाई संविधानको अङ्ग बनाएको यो क्षणमा गर्वको अनुभूति भइरहेको बताए ।

सांसद थापाले ‪राष्ट्रिय स्वाभिमानको यो लडाईमा आजको दिन सदा स्मरणीय रहिरहने दाबी गरे ।

- ADVERTISEMENT -

Advertisement

उनले भनेका छन्, ‘ आज ऐतिहासिक दिन!‬ ‪सिङ्गो संसद् एक ढिक्का भएर परिवर्तित नक्सालाई संविधानको अङ्ग बनाएको यो क्षणमा गर्वको अनुभूति भइरहेको छ।‬ राष्ट्रिय स्वाभिमानको यो लडाईमा आजको दिन सदा स्मरणीय रहिरहनेछ।‬ ‪अब यसरी नै सबै नेपाली एकताबद्ध भएर हाम्रो भूमिबाट विदेशी सेनालाई फिर्ता पठाउने छौँ।‬’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com