- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

पिसिआर मेसिन खरिद गर्न गोरखामा अध्ययन समिति

June 12, 2020
549
Shares
- ADVERTISEMENT -

गोरखा, शुक्रबार, ३० जेठ २०७७ । पिसिआर मेसिन खरिद गर्नका लागि गोरखामा प्रकृया सुरु भएको छ । कोरोना भाइरस जिल्लामै परिक्षण गर्न गोरखाका ११ वटै स्थानीय तहको संयुक्त लगानी मार्फत पिसिआर मेसिन खरिद गर्न लागिएको हो ।

जिल्ला समन्वय समितिको आयोजनामा जिल्लाका स्थानीय तहहरुको प्रमुख लगायत सरोकारवालाहरुको बैठकले जिल्लामै पिसिआर मेसिन मार्फत कोरोना भाइरसको परिक्षण गर्न सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

बैठकले गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको संयोजकत्वमा ३ सदस्यिय अध्ययन समिति बनाएको छ । समितिमा स्वास्थ्य कार्यालय गोरखाका प्रमुख विद्या तामाङ, जिल्ला अस्पतालका डा. कमल रोका रहेका छन् ।

त्यसका लागि पहिलो चरणमा समितिले जिल्लामा त्यसको सभ्भाब्यता अध्धयन गर्ने जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङले बताए ।

- ADVERTISEMENT -

Advertisement

सम्भावना, मुल्य, प्राविधीक बिषय, जनशक्ति, प्रयोगशाला लगायतका बिषयमा नगरप्रमुख पन्तको संयोजकत्वको समितिले अध्ययन गरी आगामी बैठकमा प्रतिवेदन पेश गर्नेछ । सो पश्चात अर्को प्रकृया सुरु गरिने प्रमुख गुरुङले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com