- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

जोर-बिजोरमा चल्ने गाडी एक जिल्लाबाट अर्कोमा जान नपाउने

June 11, 2020
997
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २९ जेठ २०७७ । सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले जोर-बिजोर प्रणालीमा निजी सवारी चलाउने निर्णय गरेको हो ।

अर्थमन्त्री युवराज खतिवडाले यसरी निजी सवारी चलाउँदा एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाइने छैन ।

- ADVERTISEMENT -

Advertisement

यसरी गाडी चलाउँदा चालकबाहेक गाडीमा दुई जना राख्नुपर्ने छ भने मोटरसाइकलमा एक जनामात्र हिँड्न पाइनेछ ।

त्यस्तै, सरकारी र निजी कम्पनीका कर्मचारी बोक्नका लागि पनि जोर-बिजोर प्रणालीमा सवारी चलाउन पाइनेछ।

- ADVERTISEMENT -

Advertisement

‘यसरी सवारी चलाउँदा एक लहरका सिटमा एक जनाका दरले मात्र यात्रु राख्ने र मास्क लगाउनेलगायत सबै स्वास्थ्य सावधानी अपनाउनु पर्नेछ,’ खतिवडाले भने।

सरकारले मानिसको हिँडडुलमा भने कुनै रोकटोक नभएको बताएको छ। मन्त्री खतिवडाले यो व्यवस्था २१ दिनका लागि लागू हुने जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com