- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कुवेतबाट १ सय ४९ जना नेपाली नागरिक काठमाडौँमा

June 11, 2020
1211
Shares
- ADVERTISEMENT -

काठमाडौँ, बिहिबार, २९ जेठ २०७७ । कुवेतबाट आएको दोस्रो जहाजबाट थप १४९ जना नेपाली नागरिक स्वदेश फर्कनु भएको छ ।
जजिरा एयरलायन्सको दोस्रो जहाज २.०० बजे त्रिभुवन विमानस्थलमा ल्याण्ड भएको छ ।

अहिले फर्कनुहुने नेपाली नागरिक पनि सबै महिला रहनु भएको छ । यसअघि पहिलो फ्लाइटमा जना १५० जना नेपाली नागरिक स्वदेश फर्किएका थिए । पछिल्लो सहित सहित कुवेतको जजिरा एयरलायन्सबाट २९९ जना नेपाली महिला स्वदेश फर्कनु भएको छ ।

- ADVERTISEMENT -

Advertisement

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले आज नेपाल फर्कनेको संख्या २९९ जना रहेको छ । भर्खर फर्केकालाई नेपाली सेनाको टोलीले. राजधानी स्थित विभिन्न होल्डिङ सेन्टरमा लगिदैछन् । जहाँ उहाँहरुको व्यक्तिगत विवरण संकलन गरेपछि उहाँहरुके चाहना अनुसार होम, होटल र सरकारी क्वारेन्टाइनमा पठाइने जनाइएको छ ।

आज फर्केका सबै आममाफी पाएका नेपाली महिला

- ADVERTISEMENT -

Advertisement

कुवेत स्थित नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले दिनु भएको जानकारी अनुसार आज स्वदेश फर्कनु भएका सबै नेपाल नागरिक आममाफी पाएका मध्येका हुनुहुन्छ । अझै पनि नेपाल फर्कने अन्य नेपाली नागरिक प्रतीक्षामा रहनु भएको छ । उहाँहरु लकडाउनको समयमा जेलमा रहेको अवस्थामा त्यहाँको सरकारल आम माफी दिएको थियो ।

कुवेतबाट फर्कन चाहेका ७ हजार ९९१ मध्ये २ हजार ९९१ जनाले फर्कने अनुमति प्राप्त गरेका छन् । जस अनुसार पहिलो चरणमा तीनसयजना नेपाली बिहिबार फर्कने तय भएको हो ।

बुधबार उनीहरु आउने भनिएपनि कुवेतको र नेपालको समय तालिका नमिलेकाले रद्ध भएको थियो । दुबैतर्फको सहमतिमा आज दुबै जहाज अवतरण हुने तय भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com