- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

लकडाउन केहि खुकुलो : आजदेखि के-के खुल्न पाउने ? (सूचीसहित)

June 11, 2020
815
Shares
- ADVERTISEMENT -

काठमाडौं, बिहिबार, २९ जेठ २०७७ । सरकारले चैत ११ गते यता जारी लकडाउन खुकुलो बनाउने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयले तय गरेको स्वास्थ्य मापदण्ड र गृह मन्त्रालयले तय गरेको सुरक्षा मापदण्ड पूरा गरेर बजार बिहीबारदेखि नै खुला गर्न दिने गरी लकडाउनलाई सहजीकरण गर्दै लैजाने निर्णय गरेको हो ।

तत्कालका लागि कुनै निर्धारित समयको मोडालिटीका आधारमा भन्दा पनि वस्तुस्थितिलाई ध्यानमा राख्दै केही सहजीकरण गर्दै जाने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको एक मन्त्रीले बताए । उनका अनुसार नम्बर प्लेटका आधारमा निजी सवारी साधन पनि चल्न दिने निर्णय भएको छ। ट्याक्सी, मोटरसाइकल लगायत निजी सवारी साधन अब बिहीबारदेखि नै जोर,बिजोर प्रणालीका आधारमा चल्नेछन् । लामो दूरीका सार्वजनिक सवारी साधन भने अहिले चल्न दिइने छैन ।

- ADVERTISEMENT -

Advertisement

निरन्तरको लकडाउनले सर्वसाधारणको जीवन कठिन बनेको भन्दै लकडाउन खुकुलो बनाउने गरी मोडालिटी तयार पार्न सरकारमाथि तीव्र दबाब थियो । मोडालिटी बनाउन सरकारले केही सातायता तयारी बैठक गरिरहे पनि कुनै निर्णय लिन सकेको थिएन । निजी कार, ट्याक्सी सेवालाई जोररबिजोरमा चल्न दिने निर्णयमा पुगेको सरकारले कृषि लगायत क्षेत्र पनि खुला गर्ने निर्णय गरेको हो।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तयार पारेको मोडालिटीलाई छलफलपछि सरकारले पारित गरेको हो । बुधबार मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूले दिएका सुझावलाई बिहीबार बिहान थप परिस्कृत गर्ने तय भएको छ ।

- ADVERTISEMENT -

Advertisement

मन्त्रिपरिषद् बैठकले तयार पारेको मोडालिटी बिहीबार ९आज० दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने ती मन्त्रीले जानकारी दिए ।

पहिलो चरणमा आजबाट खुल्ने सेवा र कार्यः

१) स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिकसमेत

२) औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी

३) पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण

४) फोहोरमैला व्यवस्थापन

५) विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा

६) बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा

७) सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य

८) कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा तथा कार्य

९) उत्पादनशील उद्योग

१०) निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय

११) विकास आयोजना (निजी क्षेत्रबाट प्रवर्द्धितसमेत)

१२) निर्माण कार्य (निजीसमेत)

१३) नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण

१४) रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा

१५) क्वारेन्टिनका लागि तोकिएका होटल

१६) बिजुलीका सामान बिक्री र मर्मत

१७) विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप

१८) पुस्तक पसल तथा स्टेसनरी

१९) सबै प्रकारका ढुवानी सेवा

२०) अत्यावश्यक सेवाका कार्यालय

२१) अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com