- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

भिमसेन ४ धावाका १६ जनाको पिसिआर टेष्टका लागि स्वाब पोखरा पठाइयो

June 9, 2020
668
Shares
- ADVERTISEMENT -

गोरखा, मंगलबार, २७ जेठ २०७७ । गोरखाको भिमसेन थापा गाउँपालिका वडा न ४ धावाका १६ जनाको पिसिआर टेष्टका लागि स्वाब पोखरा पठाइएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भए / नभएको यकिन गर्नका लागि भारतबाट आउनु भएका भिमसेन थापा गाँउपालिका वडा नं ४ प्रभात मा. बि. धावाको क्वारेनटाईनमा रहनु भएकाहरुको १६ जनाको पिसिआर परिक्षणका लागि स्वाव पठाइएको हो ।

- ADVERTISEMENT -

Advertisement

उनीहरुको स्वाव संकलन गरेर आज मंगलबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखरा पठाइएको धावा स्वास्थ्य प्रमुख गुणराज लामिछानेले जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा बस्नुभएका १६ जनाको स्वाब कलेक्सन गरी पिसिआर टेष्टका लागि स्वाब पोखरा पठाइएको बताउनु भयो ।

बिश्वब्यापी माहामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरसको आजको जटिल परिस्थितिको सामना गर्न गाउँपालिका भित्र नै संक्रमणको जोखिम फैलन सक्ने खतरालाई ध्यान दिइ सबै सचेत भई सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्न जरुरी रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com