- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

न्यूरोडमा प्रहरी र व्यापारीहरुबीच घम्साघम्सी

June 9, 2020
531
Shares
- ADVERTISEMENT -

काठमाडौं, मंगलबार, २७ जेठ २०७७ । काठमाडौंको न्यूरोडमा प्रहरी र व्यापारीहरुबीच घम्साघम्सी भएको छ ।

मंगलबार बिहान पसलहरु बन्द गराउँदै हिँडेको प्रहरी टोली र व्यापारीहरुबीच न्यूरोड क्षेत्रमा घम्साघम्सी भएको हो । अहिले सो क्षेत्रमा ठूलो संख्यामा प्रहरीहरु तैनाथ गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

नेपाल राष्ट्रिय व्यवसायी महासंघले गत बिहीबारदेखि न्यूरोड लगायत उपत्यकाभरी पसल खोल्ने निर्णय गरेसँगै काठमाडौंका व्यापारीहरुले सबै प्रकारका पसलहरु खुला गरेका थिए ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले प्रमुख जिल्ला अधिकारीहरुसँगको छलफलमा सकारात्मक कुराकानी भए पनि अहिले एक्कासी आएर प्रहरीले पसल बन्द गराएको बताए । उनले प्रहरीको यो कार्य निन्दनीय भएको समेत बताए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com