- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

विश्वभर ४ लाख ८ हजार बढी संक्रमित, ३५ लाख ३५ हजार ५ सय ५४ जना उपचार पछि निको

June 9, 2020
531
Shares
- ADVERTISEMENT -

काठमाडौं, मंगलबार, २७ जेठ २०७७ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ८ हजार नाघेको छ ।

मंगलबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार १ सय ४७ जनाको मृत्यु भएको छ ।यससँगै मृतकको संख्या ४ लाख ८ हजार ६ सय ९ पुगेको छ । मंगलवार विहान सम्म ३५ लाख ३५ हजार ५ सय ५४ जना उपचार पछि निको भएका छन् । पछिल्लो समय वल्र्डमिटरका अनुसार निको हुनेको दर बढेको छ ।

- ADVERTISEMENT -

Advertisement

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख ६ हजार ३ सय ५७ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै संक्रमितको संख्या ७१ लाख ९३ हजार ३ सय १५ पुगेको छ ।

३२ लाख ४९ हजार २ सय ६ जनाको उपचार भइरहेकोमा ५३ हजार ७ सय ९८ जनाको अवस्था गम्भीर छ । ३५ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा मंगलबार बिहानसम्म १ लाख ७९ हजार ३ सय ६० जनाको मृत्यु भएको छ ।

२१ लाख ९ हजार १ सय ७८ जना संक्रमित भएकोमा १० लाख ८८ हजार ९ सय १५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३६ हजार ३ सय ८५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २३ लाख ३ हजार ३३६ पुगेको छ । त्यसमध्ये ९ लाख ४३ हजार २७७ जना संक्रमणमुक्त भएका छन् ।

साथै, एसियाली मुलुकहरुमा ३५ हजार ६ सय ३९ जनाको मृत्यु भएको छ । १३ लाख ९२ हजार ४ सय ८२ जना संक्रमित भएकोमा ८ लाख ४२ हजार ९ सय १४ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ५१ हजार ३ सय २७ जनाको मृत्यु भएको छ । ११ लाख ७६ हजार २ सय ७६ जना संक्रमित भएकोमा ५ लाख ५९ हजार ९ सय ६१ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ५ हजार ३ सय ९० जनाको ज्यान गएको छ भने १ लाख ९९ हजार संक्रमित छन् । संक्रमितमध्ये ८८ हजार २ सय १२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८ सय ७५ जना संक्रमित भएकोमा ८ हजार २ सय ९४ जना संक्रमणमुक्त भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com