- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

भारतमा एकैदिन नौ हजार ८५१ जना सङ्क्रमित, २७३ को मृत्यु

June 5, 2020
586
Shares
- ADVERTISEMENT -

काठमाडौं, २३ जेठ २०७७ । भारतमा एकैदिनमा करीब दश हजार जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा नौ हजार ८५१ जना नयाँ सङ्क्रमित थपिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । जुन एकैदिनमा थपिने सबैभन्दा बढी सङ्क्रमित संख्या हुन् । पछिल्लो साता दैनिक औसतमा आठ हजार नयाँ सङ्क्रमित थपिदै आएको थियो ।

बिहीबार एकै दिनमा भारतमा कोरोना भाइरसका २७३ जना संक्रमितको मृत्यु दत्र्ता गरिएको छ । भारतमा सङ्क्रमितको संख्या २ लाख २६ हजार ७७० पुगेको भारतीय स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । कोरोनाभाइरसबाट भारतमा मृत्यु हुनेको संख्या छ हजार ३४८ पुगेको छ ।

- ADVERTISEMENT -

Advertisement

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हाल १ लाख १० हजार ९६० जनामा भाइरसको सङ्क्रमण सक्रिय देखिएको छ । एक लाख नौ हजार ४६२ जना सङ्क्रमणमुक्त भएर घर फर्किसकेका स्वास्थ्य अधिकारीहरुले बिहीबार बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com