- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको मोडालिटी परिवर्तन हुन सक्ने

June 4, 2020
1105
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २२ जेथ आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । सरकारले कोरोनाभइरस रोकथाम र नियन्त्रणका लागि गएको चैत्र ११ गतेदेखी जारीख गरेको लकडाउनको मोडालिटी परिवर्तन गर्न मन्त्रिपरिषदको बैकठ बस्न लागेको हो ।

अपरान्ह चार बजे बस्ने मन्त्रिपरिषद बैठकले लकडाउनको मोडालिटि परिवर्तनको निर्णय लिने बताइएको छ । थप समस्या सिर्जना हुन नदिन प्रधानमन्त्री चिन्तित रहेको र यसको विकल्पसमेत खोजी भइरहेकाले त्यसबारे निर्णय हुनसक्नेछ ।

- ADVERTISEMENT -

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा बन्दाबन्दीका अवस्थामा आर्थिक र सामाजिक गतिविधिलाई सहज बनाउने विषयमा बुधबार विज्ञहरुसँग छलफल गरेका थिए । छलफलमा उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री र स्वास्थ्यमन्त्रीसहित २५ जना उच्च अधिकारी एवं अर्थ र स्वास्थ्यविज्ञ तथा सामाजिक अभियानकर्मी सहभागी थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com