Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२१:३४ बिहान
- ADVERTISEMENT -

जापानले ४३ देशमा कोरोनाविरुद्ध परीक्षण गर्न औषधि पठाउँदै

प्रकाशित मिति: २०७७ जेठ २०, मंगलबार

1048
Shares

जापान, २० जेठ २०७७ । जापानले कोरोनाविरुद्ध परीक्षण गर्न विभिन्न ४३ देशमा औषधि पठाउन लागेको छ । रुघाखोकीको उपचारका लागि बनेको औषधि फेभिपिराभिर कोरोना भाइरसविरुद्ध प्रयोग गर्न परीक्षण थालिएको छ ।

चीनको अनुसन्धानकर्ता टोलीले फिभिपिराभिर औषधिले सकारात्मक असर पार्ने उल्लेख गरेसँगै जापानले परीक्षणका लागि ४३ देशमा औषधि पठाउन थालेको हो ।

म्यासाचुसेट्सको एक मेडिकलले फेभिपिराभिरको दोस्रो चरणको परीक्षणसमेत सुरू गरिसकेको छ । अविगान ब्रान्डका नामले चिनिएको यो औषधिले मानिसको कोषमा भाइरसलाई संख्या वृद्धि गर्नबाट रोक्छ ।

सन् २०१४ मा जापानी रसायनिक कम्पनी फुजिफिल्म होल्डिङ कम्पनीले यो औषधि बनाएको थियो । जापानमा मे ३१ सम्मका लागि आपतकाल घोषणा गरिएसँगै सोमबार त्यहाँका प्रधानमन्त्री सिन्जो अबेले फेभिपिराभिर परीक्षणका लागि निर्णय अघि सारेका हुन् ।

जापान सरकारले अप्रिलमै फेभिपिराभिरको उत्पादन बढाउन सुरू गरेको थियो । कोरोना भाइरसको उपचारका लागि यसले सकारात्मक असर पार्न सक्ने अनुसन्धानकर्ताहरूको अनुमान छ । जापान सरकारले औषधिको मूल्य भने तोकिसकेको छैन । जापानमा उत्पादित कुनै पनि किसिमको औषधिको मूल्य सरकार आफैँले तोक्ने गर्छ । जापानका विदेशमन्त्री तोसिमेट्सु मोटेगीले ४३ देशमा २० देखि एक सय मानिसमा परीक्षण गर्ने किसिमले औषधि पठाइरहेको बताएका छन् ।

म्यासाचुसेट्सस्थित हार्डवर्ड विश्वविद्यालयको दोस्रो शिक्षण अस्पताल ब्रिघम र महिला अस्पतालमा ५० बिरामीमा गत अप्रिलमै फेभिपिराभिर औषधिको दोस्रो चरणको परीक्षण सुरू भएको थियो ।

स्कुल औषधि विकास विभाग प्रमुख रोबर्ट फिनबर्गले औषधिले संक्रमितको निको हुने समय र जटिल अवस्थालाई न्यूनीकरण गर्न सक्ने विश्वास रहेको बताएका छन् ।

चीन र जापानका अनुसन्धानकर्ताहरूले केही महिना अघिदेखि नै फेभिपिराभिरको प्रभावकारिताको अध्ययन गरिरहेका छन् । यो औषधिको परीक्षण चीन र इटालीमा भइसकेको छ । भारतमा पनि औषधिको परीक्षण हुने भएको छ ।

चीनमा गरिएको एक परीक्षणमा यो औषधि लिएको चार दिनमा बिरामीको परीक्षण नकारात्मक देखिएको थियो । चीनको राष्ट्रिय बायोटेक्नोलोजी विकास केन्द्रले जनाएअनुसार फेभिपिराभिर औषधि प्रयोग गरिएका आठ प्रतिशत बिरामीले मात्रै भेन्टिलेटर प्रयोग गर्नुपरेको थियो ।

कोरोना भाइरसविरुद्धको खोप र औषधिको विकासका लागि विश्वभरका वैज्ञानिकहरूको दौड चलिरहेको छ । यसअघि मेडिकल परीक्षणमा सफल देखिएपछि अमेरिकाले इबोलाविरुद्ध बनेको औषधि रेम्डेसिभिर कोरोना भाइरसविरुद्ध प्रयोग गर्ने भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -