- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

विश्वभर ६३ लाख ६५ हजार संक्रमित, २९ लाख ३ हजार ४१८ जना संक्रमणमुक्त

June 2, 2020
706
Shares
- ADVERTISEMENT -

काठमाडौं, २० जेठ २०७७ । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर ६३ लाख ६५ हजारभन्दा बढी संक्रमित भएका छन् ।

विश्वका २ सय १३ मुलुक र २ पानीजहाजमा गरी ६३ लाख ६५ हजार ६ सय २५ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख ३ हजार ५० जना नयाँ संक्रमित थपिएका छन् ।

- ADVERTISEMENT -

Advertisement

त्यसैगरी, एकै दिन अरू ३ हजार १७ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ७३ हजार ४ सय ७ पुगेको छ । ३० लाख ८४ हजार ८ सय जनाको उपचार भइरहेकोमा ५३ हजार ४ सय २ जनाको अवस्था गम्भीर छ भने २९ लाख ३ हजार ४ सय १८ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसको संक्रमणबाट युरोपियन मुलुकहरुमा मंगलबार बिहानसम्म १ लाख ७४ हजार ६ सय ५४ जनाको मृत्यु भएको छ ।

२० लाख ३४ हजार २ सय ६८ जना संक्रमित भएकोमा ९ लाख ९३ हजार ९ सय ५६ जना संक्रमणमुक्त भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २५ हजार ९ सय १९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २० लाख ९७ हजार ९ सय २५ पुगेको छ । त्यसमध्ये ७ लाख ५९ हजार ६ सय ८८ जना संक्रमणमुक्त भएका छन् । साथै, एसियाली मुलुकहरुमा ३१ हजार २ सय ७१ जनाको मृत्यु भएको छ । ११ लाख ६३ हजार ८ सय ३८ जना संक्रमित भएकोमा ७ लाख १२ हजार ९ सय ४५ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमा ४१ हजार ५४ जनाको मृत्यु भएको छ । ९ लाख ५ हजार ७ सय ८२ जना संक्रमित भएकोमा ३ लाख ६२ हजार ४६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ४ हजार ३ सय ६९ जनाको ज्यान गएको छ भने १ लाख ५४ हजार ९ सय ७ जना संक्रमित छन् । संक्रमितमध्ये ६५ हजार ९ सय ३१ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १ सय २५ जनाको मृत्यु भएको छ । ८ हजार ८ सय १४ जना संक्रमित भएकोमा ८ हजार २ सय १ जना संक्रमणमुक्त भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com