- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोरखाको बोर्लाङ आइपुगेका ३ जनालाई क्वारेन्टाइनमा

May 31, 2020
1159
Shares
- ADVERTISEMENT -

गोरखा, १८ जेठ २०७७ । गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङमा भारतबाट आएका ३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । रोेजगारीका सिलसिलमा भारत पुगेका उनिहरु लकडाउनकै बिचमा नेपाल प्रवेश गरि आज बोर्लाङ आइपुगेका हुन् ।

उनीहरुलाई नारायणपुरमा रहेको श्री लक्ष्मी ज्वोती प्राथामिक बिधालयमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

भारतबाट आएर गोरखा नगरपालिकाको देउरालीमा रहेको गोरखकाली रवर उद्योगको निवास रहेका उनिहरुलाई गाउँपालिकाको व्यवस्था गरेको गाडीमा राखेर वडामा ल्याई क्वारेन्टाइनमा राखिएको हो ।

क्वारेन्टाइनमा राखिएका उनिहरुको खानेबस्ने व्यवस्था भने गाउँपालिकाले गर्नेछ । उनिहरु सवैलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखी कोरोना परीक्षण गर्ने र रिर्पोट नेगेटिभ आए थप ७ दिन होम क्वारेन्टाइनमा रहने गरि घर पठाइने वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

कोरोना परीक्षण ७ दिन पछि गरिनेछ । वडा कार्यालयले भारत लगायतका बिभिन्न देशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्न नारायणपुरमा रहेको श्री लक्ष्मी ज्वोती प्राथामिक बिधालयमा क्वारेन्टाइन निर्माण गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com