- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

श्रोत र साधनको पहिचान र सुनिश्चितता नभई जनतालाई अझै पनि फोस्रो आश्वासन : नेता प्रदीप पौडेल

May 28, 2020
1045
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १५ जेठ २०७७ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य युवा नेता प्रदीप पौडेलले श्रोत र साधनको पहिचान र सुनिश्चितता नभई जनतालाई अझै पनि फोस्रो आश्वासन मात्र दिएको बताउनु भएको छ । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक भए पश्चात आज बिहिबार सामाजिक सञ्जाल फेसकुबमार्फत जनतालाई अझै पनि फोस्रो आश्वासन दिएको उल्लेख गर्नु भयो ।

श्रोत र साधनको पहिचान र सुनिश्चितता नभई जनतालाई अझै पनि फोस्रो आश्वासन : करिव रू ८०० अर्बको राजश्वको श्रोत सुनिश्चित देखिन्छ भने बाँकी रू ६७४ अर्ब खर्चको सुनिश्चित श्रोत सरकारसंग छैन ।

- ADVERTISEMENT -

Advertisement

प्राय : सवै सरकारका परियोजना कागजमा मात्रै सिमित हुने देखियो । सरकारले चालु खर्च ९ खर्ब ४८ अर्ब धान्ने श्रोत जुटाउने सामर्थ्य राख्न सक्नेमा समेत आशंका छ ।

०७५ मानै सम्पन्न गर्ने भनिएको मेलम्ची खानेपानी आयोजनाको लागि आर्थिक बर्ष २०७७/७८ मा समेत ५ अर्ब भन्दा बढी बजेट विनियोजन गरिएको छ । यसबाट अझै छिटो सम्पन्न हुने अबस्था नरहेको बुझिन्छ ।

- ADVERTISEMENT -

Advertisement

साथै, ऋण लिएरै भएपनि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता दिदै रू ११अर्बको बिनियोजनको उपादेयता देखिएन । सांसदलाई प्रत्येक निर्वाचन क्षेत्रका लागि रू ४ करोडको दरले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ६ अर्ब ६० करोड बजेट विनियोजन गरिनु अत्यन्त ग़लत छ, पौडेलले लेख्नु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com