- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

बालापनको त्यो क्षण…..

May 27, 2020
1348
Shares
- ADVERTISEMENT -

मेरो जन्म राईहरुको ठूलो बस्तिको पुर्बी उत्तरपट्टि करिब २० घर परिवार रहेको बिष्ट गाउँमा भएको हो । त्यहाँ राईहरुको ठूलो बस्ति भएकोले अरु सबै जातिका मान्छेहरु उनीहरुसंग डराेउने गर्थे ।

अरुलाई कतिसम्म डर लाग्थ्यो त्यो बेलाको मेरो बाल मस्तिष्कले आँकलन गर्न त सकेन तर, म आफु चॉंहि बाटो हिड्दा राई थरको कोहि मान्छे देखें भने पनि परैबाट बाटो मोड्ने गर्थें ।

- ADVERTISEMENT -

Advertisement

त्यसैले, राईको घरमा गएर खानपिन गर्ने भन्ने कुरा त कल्पना भन्दा बाहिरनै रह्यो । करिब ११/१२ बर्षको हुँदा बसाई सरेर हामी स-परिवार बेंसी (धान फल्ने पाहाडी भेग) झर्यौ । त्यहाँ बिभिन्न जातिका मानिसहरु बसोबास गर्ने गर्थे। जस्तै बाहुन, तल्ला बाहुन ( जैशी), अझै तल्ला बाहुन(क्षेत्री), क्षेत्री, राई, मगर, तामाङ, अनि दलित । म ति दलितको घरमै गएर चाहिं केहि खान्नथे तर, गोठालो जॉंदा या बिद्यालय जॉंदा ति दलितले ल्याएको खानेकुरा चाहीं संगै बसेर खान्थे । तर ति दलितहरु हाम्रो घरमा आएकोबेला आमाले बाहिर लगेर सालको पातको टपरिमा खानेकुरा दिनुहुन्थ्यो ।

एक्लैखान अप्ठ्यारो होला भनेर हामी (केटाकेटी) पनि थालमा खानेकुरा हालेर बाहिर आउथौ तर, आमाले छोइन्छ भनेर ढुन्ग्रीले हानेर भित्र पठाउनु हुन्थ्यो ।

- ADVERTISEMENT -

Advertisement

९ कक्षामा पुगेपछि म डेरा बसेर पढ्न थालें । आई ए पढ्न काठमाडौं गएँ, अनि मलाई यो दलित भन्नेकुरा मान्छे नै त होनि भन्ने जस्तो लाग्न थाल्यो । गाउँमा हुँदा प्रचन्डहरुको क्रान्तिले गाउँ गाउँमा उग्र रुप लिंदै गयो । भएभरका दलितहर मुक्ति लागि भन्दै टाउकोमा रातो फेटा बान्दै क्रान्तिमा होमिए ।

बेला बेलामा गाउँ फर्किदै कति बाहुनका टाउका काटे, कति बाहुनलाई आफु भान्से भएर भात खुवाए । टाउका काटिएका त माटो भएर गए तर, दलितको हातको भात खाएका कति बाहुनहरु अझै जिबितै छन । नाकपनि थेप्चिएको छैन। दलित लाई समान हैसियतको बनाउछु भनेर क्रान्ति गर्ने प्रचन्डहरु देशको मालिक भए तर, दलित मुक्ति मोर्चा ज़िन्दाबाद भन्दै प्रचन्डहरुलाई लिस्नो चढाउनेहरु बाहुनलाई प्रेम गरेको निहुँमा यमराजको सलामी खादैछन ।

मैले धेरै पटक क. प्रचन्डको नाम लिंए, यसको एउटै मात्र कारण मेरो आफ्नै आँखाले देखेको थिचिएका, कुल्चिएका, पिल्सिएकाहरुलाई मुक्ति दिने भनेर चलाइएको बिद्रोहको नाईके भएर हो । हुन त दलितको नाममा राजनीति कस्लेपो गरेन र! बिपि ले पनि उनिहरुकै नाममा राजनिति गरेको भन्थे, भलै शासन सत्तामा धेरै बस्न पाएनन् । अझैपनि कॉंग्रेस, माले एमालेको अथवा जोडिएको नेकपाको पनि मुख्य नारा नै दलित बन्थ्यो या बन्छ ।

के हो यो दलित भनेको ? कसरि भयो दलित नाम ? मलाई लाग्छ, राजा रजौटाहरुले कामको जिम्मा लगाएर दलाएको भएर दलित भएको हुनु पर्छ । त्यही भएर अहिलेपनि दलिराखेका छन ।

राणाले स्वतन्त्रता खोस्यो, समानता भएन भनेर राणाशासन फालियो/ फाले, राजा पनि त्यस्तै भयो भनेर राजापनि फालियो । अब कस्लाई फाल्ने हो अनि हुन्छ समानता ? गरिबी उन्मुलन गर्छौं, समानता ल्याउछौं भन्दै तिनै दलित बनाइएकाहरुलाई बन्दुक थमाउदै उनीहरुकै नामको क्रान्ति गर्ने हरुको क्रान्ति कहाँ गएर घोप्टियो ?

कथाकथित उपल्लो जातकाहरुले सत्ता प्राप्तिका लागि हतियार बनाइएका दलितहरुहो अब तिम्रो हकअधिकार दलित नै भएर जोगिदैन, र त्यति मात्र हैन कि तिनै उपल्लो वालाले पटक पटक जबर्जस्त भिराईएको समानताको लोभलाग्दो ललिपपे क्रान्तिको झोला फेरि कुनै बेला फेरि भिराउने छन ।

फेरी पनि ललिपपे झोला भिर्ने कि दलित भन्दा बाहिर निस्केर मान्छे बन्ने? यसकुराको जिम्मा अब पनि ओली, दाहाल, देउवा, पैडेल, नेपाल, खनाल, भट्टराई, थापा या यादव, ठाकुर हरुलाई दिने अथवा मिन बिश्वकर्मा, खड्ग बिश्वकर्मा, लक्ष्मी परियारहरुलाई दिने जस्ले दलितको नाममा हरेक पटक भाग खॉंदै मोटाईरहेका छन ।

लोकसेवामा कोटा दिएर, प्रहरी र सेनामा भाग दिएर, २/४ हजारको छात्रबृत्ति दिएर दलितको नाममा मान्छेहुन नदिएको कुरा अब अरबौको मालिक भएर बर्षैभरि तिनै कोटाकै खोजी गरिरहने बाहुनबादी प्रबृत्तिका दलितहरुले, बास्तब मा नै दबिएकाहरुको ब्यथा बुझ्ने त परैको कुरा उनिहरुको हितमा कामगर्ने भन्ने कुरा पनि सांसद र मन्त्री बन्ने राजनैतिक मुद्दा मात्र हो ।

रुकुम घटनामा पनि त्यहि हुदैछ । अहिले हरेक रुकुमेली नेताहरुको घरमा कपि कलम सहित बाहुनको भोट धेरै छ कि दलितको हिसाब हुँदैछ । रुकुमको त्यो घटनाबाट धेरै भए कोटा खाने अर्को एउटा दलित नेता जन्मिन्छ । त्यो भन्दा बढ़ी त छँदा खॉंदाको छोडेर बाहुनबादले कसरी दिन्छन । देशै भरि लकडाउन हुँदा ति दलित कसरी गए त्यति लामो बाटो बाहुनी बेहुली लिन ? यहाँ निर दलितको गल्ति भएकै हो । तर, गल्तिको सजायँ मृत्यु हुन सक्छ ? अनि त्यतिको संख्यामा भएका तन्नेरी मार्न के सर्बसाधारण बाहुनमात्रले सके कि हतियार भिरेका तालिम प्राप्त बाहुनहरु पनि मिसिए ? जे होस म बाहुन ले यो बेला भन्न सक्ने भनेको मृतक दलित प्रति हार्दिक श्रद्धांजलि, दलित परिवार जनमा गहिरो समबेदना र मार्नेलाई न्यायिक हिरासतमा राखियोस ।

के यो घटनाका दोषीलाई न्यायिक हिरासतमा राख्दैमा र मृतक दलितको परिवार लाई क्षतिपूर्ति दिंदैमा दलितको मुक्ति हुन्छ?
कि दलितको नाममा सासद र मन्त्री हुनेहरुले अर्को दलित नमर्दासम्म मुद्दा बिहिन भएर खुम्चिएर बस्नु पर्छ ?

मेरो बिचारमा न दलितको मुद्दा यसरी समाधान हुन्छ, न मधेशी जनजाती । यो समस्या समाधानको एक मात्र उपचार भनेको दलितलाई दलितबाट हटाउनु पर्छ । जनजातिलाई जनजाति बाट र मधेशीलाई मधेशी बाट । यो हटाउदैमा कसरी समस्याको समाधान हुन्छ अनि कस्लाई के फाईदा हुन्छ त? दलित नै नभए पछि कस्लाई कथाकथित तल्लो जात भन्ने, कस्लाई मन्दिर छिर्ह्यो भनेर समाज निकाला गर्ने, कस्लाई जात नमिल्ने संग प्रेम गर्यो भनेर मार्ने । कल्पना गर्नुस त त्यस पछिको समाज। कति सुन्दर हुन्छ होला । कति भाईचारा हुन्छ होला ।

अब गरौं फाईदाको कुरा । दलितको नाममा छुट्याईएको कोटा बाहुनबादी दलितले नपाई गरिब र निमुखा ले पाउछ । दलित भनिएकै भरमा हेपिनु पर्दैन । सबै मानिस समान भए सोच्ने तरिका पनि समान स्तरको हुने भएकोले समाजमा समानता हुन्छ । कोही अरबपतिको छोराछोरी दलित भएकैले नि:शुल्क छात्रबृत्तिमा एमबीबीएस या इन्जीनियर पढ्न पाउने र कोही भूमिहीन तथा गरिब बाहुन खान नपाई भोक भोकै मर्नु पर्दैन ।

आर्थिक समृद्धिका लागि पनि ठूलो टेवा पुग्छ। कसरी भन्नुहोला, अहिले सम्म नेपाल धानेको हातमा सिप भएकाहरुले त हो जुन दलित संग मात्र छ । दलित नै हटेपछि त त्यो सिप सबैले सिक्नै पर्छ ।अनि भएनत आर्थिक बिकास । तर एउटा बेफाईदा पनि छ है । दलितको नाममा राजनीति गर्नेहरुको कमाईखाने भॉंडो भने फुट्छ । अनि गरिवले पाउने छात्रबृत्ति र आरक्षण बाहुनबादी दलितले पाउदैन ।

सधैंभरी बाहुनबादले त रामराम मात्र भन्नेहुन यहाँ ए दलित हो जागौ अब दलितबाट बाहिर निस्किएर मान्छे भएर बॉंच्नको लागि । सबैले तिमीलाई मदानी मात्र बनाउछ, घिउ निकाली दिन्छौ कसैले रोटी पकाएर खान्छन् , कसैले भुटुन हालेर खान्छन्, कसैले तिम्ले छोएको दलान चोख्याउन बाती जलाउछन ।

तिमीलाई त अमिलो मोही पनि दिदैनन्, बरु जुठेल्नामा लगेर फाल्छन । किनकि, तिमीत अछुत हौ, ठेकी छोइदियौ भने?
( बाहुन र बाहुनबाद फरक कुरा हुन, बाहुन भनियपनि बाहुनबाद भनेर बुझ्नुहोला)

गणेश बिष्ट

टोकियो, जापान

२०७७ साल जेठ १४ गते बुधबार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com