- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

संघीय संसदमा नयाँ नक्सासहितको लोगो

May 26, 2020
693
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १३ जेठ २०७७। संघीय संसदमा नेपालको नयाँ नक्सासहितको लोगो राखिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नक्सासहितको लोगो राखिएको हो ।

मन्त्रिपरिषदको गत ५ जेठको बैठकले भारतको कब्जामा रहेका नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटिएको नयाँ नक्सा स्वीकृत गरेको थियो । सो नयाँ नक्सा ७ जेठमा भूमि व्यवस्था मन्त्रालयले सार्वजनिक गरेको थियो ।

- ADVERTISEMENT -

Advertisement

नयाँ नक्सा जारी भएसँगै संविधान संशोधनको प्रक्रिया पनि अघि बढाइएको छ । साथै सांसदहरुले लगाउने प्रतीक चिह्न (लोगो) फेर्ने काम पनि अघि बढाइएको संसद सचिवालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com