काठमाडौँ, मंगलबार, १३ जेठ २०७७ । रुकुम घटनाप्रति नेपाल दलित संघले गम्भिर ध्यानाकर्षण गरेको छ ।
नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्माले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै रुकुम पश्चिममा घटेको घटनामा, जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं.४, रानागाँउ, निवासी नवराज वि.क.र रुकुमपश्चिम जिल्ला चौरझारी नगरपालिका वडा नं.८, सोती, निवासी सुस्मा मल्ल विच लामो समयदेखि रहेको प्रेम सम्वन्धलाई अन्तरजातिय विवाह गर्न खोज्दा प्रेमिका सुस्मा मल्लको आमा र उनका नजिकका नातेदार वडा अध्यक्ष डम्वर बहादुर मल्ल लगाएत गाँउलेहरुले गरेको सांघातिक हमलाबाट नवराज वि.क.को मृत्यू भएको र केही ब्यक्तिहरु वेपत्ता तथा घाईते भएको घटना प्रति नेपाल दलित संघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । साथै, उक्त घटनाको नेपाल दलित संघ घोर भर्त्सना गर्दछ, बिज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ, २१औं शताव्दीको उन्नत समाजमा समेत दलित समुदायले अन्तरजातिय प्रेम विवाह गर्न खोज्दा यस प्रकृतिको ज्यानै गुमाउने गरि घटना घट्नु अत्यन्तै निन्दनिय छ । नेपालको संविधान र विद्यमान कानुन बमोजिम घटनामा संलग्नहरुलाई हदै सम्मको कार्बाही गरि पिडीतलाई न्याय, क्षतिपूर्ती र सामाजिक सुरक्षाको व्यबस्था गर्न नेपाल दलित संघ नेपाल सरकार समक्ष जोडदार माग गरेको छ ।
अन्त्यमा, उक्त घटनामा ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रदान्जली व्यक्त गर्देै, उक्त घटनामा वेपत्ता भएकाहरुको तत्काल खोजि गर्न जोडदार माग गर्नुका साथै सम्पूर्ण घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।








































