Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३९:२३ बिहान
- ADVERTISEMENT -

भारतको ऐतिहासिक नक्सामा पनि लिपुलेक र लिम्पियाधुरा नेपालकै

प्रकाशित मिति: २०७७ जेठ १३, मंगलबार

864
Shares

काठमाडौं । नेपालको नक्साबाट गायब भएको लिपुलेक र लिम्पियाधुरालाई भारतको ऐतिहासिक नक्सामा कालापानीको शिर हो भनी सीमा छुट्याएको पाइएको छ । भारतले सन् १८२३, १८४८ र १८५८ मा जारी गरेका नक्सामा कालीनदीलाई सीमा क्षेत्र मानिएको छ, जसको मुहान लिम्पियाधुरामा पर्ने उल्लेख छ । भारत आफैंले जारी गरेको पुरानो नक्सा नै ऐतिहासिक प्रमाण हो ।

सन् १८३० मा सर्भे भएको आधारमा जारी हिस्दुस्तानको पश्चिमी प्रदेशको नक्सामा लिम्पियाधुराबाट बग्ने कालीनदीको मुहानलाई नेपालको सिमानाका रूपमा उल्लेख गरिएको छ । भारत आफंैले पुनः प्रिन्ट गरेर सन् १८४८ मा नक्सा जारी गर्दा पनि लिम्पियाधुराबाट बग्ने कालीनदीलाई सीमा मानेको छ । तर, अहिले भारतले सानो खोलालाई कालीनदी भएको दाबी गर्दै आएको छ ।

तथ्यअनुसार सन् १८१६ को सुगौली सन्धिको धारा ५ अनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो । कालीनदीलाई नै नेपाल–भारतको सिमाना मानिएको छ । त्यसयता ४४ वर्षसम्म लिम्पियाधुरा नै कालीको मुहानका रूपमा निर्विवाद थियो । २०१८ सालमा लिम्पियाधुरा क्षेत्रको गुन्जी, गर्बयाङ र नाभी गाउँमा नेपालले जनगणना गरेको प्रमाण नेपालसँग छ । नेपालले लिम्पियाधुरा र लिपुलेक आफ्नो भएको अर्को ऐतिहासिक प्रमाण भनेको लाइब्रेरी अफ कंग्रेस, वासिङ्टनडिसीमा रहेको नक्सा पनि हो । सन् १८२७ मा जारी भएको सो नक्सामा कालीनदी स्पष्ट देखिन्छ । त्यसको उद्गम लिम्पियाधुरा हो भन्ने स्पष्ट छ ।

सन् १८५६ मा सर्भे अफ इन्डियाले जारी गरेको नक्सामा पनि लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालमा रहेको उल्लेख छ । कालीनदीको उद्गम थलो सो नक्सामा लिम्पियाधुरा रहेको जनाइएको छ ।

१ नोभेम्बर १८६० मा बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई फिर्ता गर्न सम्झौता भएको थियो । सन् ७ जनवरी १८७५ मा दाङको डुडुवा क्षेत्र सीमांकन गर्दाको नेपाली नक्सामा समेत लिम्पियाधुरालाई नेपालको भूभाग भनिएको छ ।

सन् २०१४ मा भारतीय प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदी नेपाल आउँदा सुस्ता र कालापानीसहित सबै सीमाविवाद समाधान गर्ने सहमति भएको थियो । जसअनुसार सुस्ता र कालापानीका विषयमा टुंगो लगाउने प्रस्ताव तयार गर्न परराष्ट्र सचिवहरूलाई जिम्मा दिइएको थियो । तर, अझै सो समस्या समाधान हुन सकेका छैन ।

नेपाल र भारतको विषयमा सीमा विवाद समाधान नभइरहेका बेला २६ वैशाखको बिहान भारतका रक्षामन्त्री राजनाथ सिंहले मानसरोवर जाने लिंकरोडअन्तर्गत धार्चुला–लिपुलेक खण्ड आफूले उद्घाटन गरेको भन्दै ट्वीट गरेसँगै नेपाल र भारतबीचको सीमा विवाद सतहमा आएको थियो । त्यसपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर नेपाली भूमिमा कुनै पनि गतिविधि नगर्न भारतसँग आग्रह गरेको थियो ।

भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा कालापानी क्षेत्रको मात्रै ६२ वर्ग किलोमिटर क्षेत्र परेको छ । यस्तै, लिपुलेकबाट आएको नदीदेखि लिम्पियाधुरातर्फबाट आएको नदी क्षेत्रको झन्डै ३१० वर्ग किलोमिटर क्षेत्र नक्साभित्र समेटेको छ । भारतले समेटेको सो भूमिलाई नेपालले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा समेटेको छ ।

भारतले सो भूमिमा विगत ५८ वर्षदेखि भारतीय सुरक्षाफौज राखेर कब्जा जमाइरहेको छ । भारत र चीनबीच युद्ध भएको समय (सन् १९६२)देखि मिचिएको र त्यसपछि २०५३ सालदेखि प्रकाशनमा बहुचर्चित भएको कालापानी–लिम्पियाधुरा क्षेत्र मानिएको छ । चीन र भारतबीच युद्ध हुँदा भारतको आग्रहमा तत्कालीन राजा महेन्द्रले नेपालको कालापानीमा सेनाको क्याम्प राख्न दिएको थियो । तर, भारतले सो भूमिबाट अझै पनि आफ्नो सेना हटाएको छैन । आजको राजधानीमा खबर छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -