- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

May 25, 2020
609
Shares
कोभिड–१९ सङ्क्रमणका घटना घट्दो क्रममा रहेको र उपचारका लागि चिकित्सा प्रणालीमा पनि सुधार आएको भन्दै सरकारले सङ्कटकाल हटाउने निर्णय सरकारले लिएको बताइएको छ । फाइल फोटो । ब्लुमवर्ग
- ADVERTISEMENT -

टोकियो, १२ जेठ २०७७। जापान सरकारले कोरोनाभाइरस (कोभिड–१९) प्रकोप नियन्त्रणका लागि लगाएको स्वास्थ्य सङ्कटकाललाई टोकियो महानगर क्षेत्र तथा हकाइदोमा हटाउने निर्णय गरेको अर्थतन्त्र पुनःउद्धार मन्त्री यसुतोशी निशिमुराले आइतबार बताएका छन् ।

कोभिड–१९ सङ्क्रमणका घटना घट्दो क्रममा रहेको र उपचारका लागि चिकित्सा प्रणालीमा पनि सुधार आएको भन्दै सरकारले सङ्कटकाल हटाउने निर्णय सरकारले लिएको बताइएको छ ।

- ADVERTISEMENT -

Advertisement

जापानका ४७ प्रान्तमध्ये टोकियो कानागावा,चाइवा, साइतामा र हकाइदो क्षेत्रमा स्वास्थ्य सङ्कटका कारण जारी सङ्कटकाल कायम रहेकोमा अव ती क्षेत्रमा पनि सङ्कटकाल हटाउने तयारी भएको हो ।

आपतकालिन सेवा व्यवस्थापनको जिम्मेवारी लिएका निशीमुराले भने, “सोमबार बिहान स्वास्थ्य विज्ञहरू सम्मिलित सल्लाहाकार समितिले सङ्कटकाल हटाउनेबारे छलफल गरी अन्तिम निर्णय दिनेछ ।”

- ADVERTISEMENT -

Advertisement

“धेरै भागमा सङ्क्रमण दर पूर्ण नियन्त्रणमा आउन सकेको छैन,” उनले पत्रकार सम्मेलनमा भने ।

जापानी स्वास्थ्य मन्त्रालय तथा स्थानीय अधिकारीका अनुसार आइतबार जापानमा कोभिड–१९ बाट थप सङ्क्रमितको सङ्ख्या २६ रहेको छ भने योसँगै यहाँ कूल सङ्क्रमितको सङ्ख्या १६ हजार ५६९ पुगेको छ । जापानमा सङ्क्रमितमध्ये ८०८ को मृत्यु भएको छ । आइतबार टोकियोमा मात्र १४ जना सङ्क्रमित भेटिएसँगै अहिलेसम्म राजधानीमा सङ्क्रमितको सङ्ख्या पाँच हजार १५२ पुगेको छ ।

जापानमा सङ्क्रमितको सङ्ख्यामा डायमण्ड प्रिन्सेस नामक पानी जहाजमा सङ्क्रमित ७१२ जनालाई समावेश भने गरिएको छैन । उनीहरू टाकियो नजिकैको शहर योकोहामास्थित बन्दरगाहामा जहाजमा नै क्वारेन्टिनमा राखिएको समय सङ्क्रमित भेटिएका थिए ।

यूरोपका अधिकांश मुलुकमा सङ्क्रमण नफैलिँदै जापानमा सङ्क्रमितहरूको सङ्ख्या उल्लेख्य देखिएको भए पनि जापानको सावधानीपूर्ण निर्णय र सफल स्वास्थ्य प्रणालीका कारण सङ्क्रमण दर र मृत्यु सुरूमा अनुमान गरिएभन्दा निकै कम रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com