काठमाडौँ, ११ जेठ २०७७ । नेपालमा आज (आईतबार) थप १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुल सङ्क्रमितको संख्या ६ सय ३ जना पुगेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले दिइएको जानकारी अनुसार काठमाडौँ, मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, नुवाकोट, गुल्मी र कपिलवस्तुमा १९ जना कोरोना सङ्क्रमण देखिएको हो ।








































