- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

टेकु अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमित निकाे : डिस्चार्ज हुनेको संख्या ४९

May 21, 2020
575
Shares
- ADVERTISEMENT -

काठमाडौँ, ८ जेठ २०७७। कोरोना भाइरस संक्रमणपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत ४ जना डिस्चार्ज भएका छन् । कोरोना भाइरसको संक्रमणबाट मुक्त भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार डिस्चार्ज हुनेमा ३ महिला र एक पुरुष रहनु भएको छ । डिस्चार्ज हुनेमा २ जना भक्तपुरका र २ जना काठमाडौँका हुनुहुन्छ । डिस्चार्ज हुनेमा २ जना पुरुष र २ जना महिला हुनुहुन्छ । टेकु अस्पतालमा गत ३१ वैशाखमा भक्तपुरका १ पुरुष र १ महिला, काठमाडौँका १ महिला भर्ना हुनु भएको थियो । त्यस दिन भर्ना भएका संक्रमित पुरुष सशस्त्र प्रहरी हुनुहुन्छ ।

- ADVERTISEMENT -

Advertisement

यससँगै कोरोना भाइरसको संक्रमणको उपचारपछि डिस्चार्ज हुनेको संख्या ४९ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com