- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कालीमाटी वृत्तका सबै प्रहरी क्वारेन्टाइनमा : प्रहरी कार्यालय सिल

May 20, 2020
753
Shares
- ADVERTISEMENT -

काठमाडौं, ७ जेठ २०७७। महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोना संक्रमण देखिएपछि डेढ सय भन्दा बढी प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ । महानगरीय प्रहरी वृत्त, कालिमाटी, कालिमाटी महिला सेल, ट्राफिक प्रहरी प्रभाग, मातहतको कलंकी, बल्खु र स्यूचाटारमा कार्यरत प्रहरीलाई क्वारेन्टाइनमा राखिएको हो ।

संक्रमणमा परेका सुरक्षाकर्मीलाई बलम्बुस्थित सशस्त्र प्रहरीको कोभिड–१९ विशेष अस्पतालमा राखिएको छ । मंगलबार साँझ उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रहरी कार्यालय पनि शिल गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

कालिमाटी बृत्त र मातहतमा कार्यरत प्रहरी अधिकृतसहितका सबै प्रहरीलाई क्वारेन्टाइनमा राखिएपछि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले थप मद्दत टोली कालिमाटी पठाएको छ । उपत्यका प्रहरीका अनुसार रानीपोखरी र काठमाडौं प्रहरी परिसर, टेकुबाट एक सय जनाको टोली पठाइएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com