- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

काठमाडौं प्रवेश गर्ने नाका सिल गर्न आग्रह

May 20, 2020
835
Shares
- ADVERTISEMENT -

काठमाडौँ, ७ जेठ २०७७। काठमाडौँ महानगरपालिकाले उपत्यका प्रवेश गर्ने नाकाहरू सिलबन्दी गर्न सरकारसँग आग्रह गरेको छ ।

महानगरपालिकाको ४६ औँ विशेष नगर कार्यपालिका बैठकले कोरोना रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका बन्द गर्न सङ्घीय सरकारसँग माग गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले मङ्गलबार विज्ञप्ति जारी गर्दै बैठकको निर्णय सार्वजनिक गरेका छन्। विज्ञप्तिमा ‘कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको अवधिमा उपत्यका प्रवेश गर्ने नाकाबाट अत्यावश्यक सेवा प्रवाहमा संलग्न सवारी साधन तथा पासको दुरुपयोगको गुनासो गर्दै यस्तो निर्णय गरिएको’ उल्लेख छ ।

कोरोना भाइरस सङ्क्रमणको खतरा बढ्दै गएकाले यसको रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पत्र लेख्ने निर्णय भएको जनाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com