- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेपालमा थप २७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४०२ पुग्यो

May 19, 2020
706
Shares
- ADVERTISEMENT -

काठमाडौं, मंगलबार, ६ जेठ २०७७। नेपालमा थप २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा विभिन्न जिल्लामा गरी २७ कोरोना संक्रमित थपिएको जानकारी दिइएको हो ।

यससंगै नेपालमा संक्रमितको संख्या ४ सय २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । उहाहरु २७ देखि ४२ वर्षका रहेको डा देवकोटाले जानकारी दिनुभयो । ती मध्ये २४ जना पुरुष र ३ जना महिला रहनु भएको छ ।

- ADVERTISEMENT -

Advertisement

उहाका अनुसार आज थप भएका जिल्लामा झापाका ९, मोरङ १, सुनसरी १, सर्लाही २, काठमाडौं ३, भक्तपुर १, मकवानपुर १, रामेछाप १, ललितपुर १, सिन्धुली १, लमजुङ १, कपिलवस्तुको ४ र नवलपरासी १ गरी २७ जना थपिएका छन्।

नेपालमा हालसम्म कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । ३७ जना उपचारपछि निको भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

डा देवकोटाका अनुसार झापाका १ जना संक्रमित आज डिस्चार्ज भएका हुन् । उहा विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा उपचाररत रहनु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com