Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
१:४१:३९ दिउँसो
- ADVERTISEMENT -

जापानको अर्थव्यवस्था मन्दीतर्फ उन्मुख, अमेरिकी राज्यहरुमा जनजीवन बिस्तारै सामान्य

प्रकाशित मिति: २०७७ जेठ ६, मंगलबार

777
Shares

काठमाडौँ, ६ जेठ २०७७ । विश्वको तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानको पहिलो त्रैमासिक अवधिमा कोरोनाभाइरसका कारण पेशा व्यवसायका सेवाहरु कटौती हुँदा जापानी अर्थव्यवस्था मन्दीतर्फ उन्मूख भएको देखिएको छ ।

तर अमेरिका र युरोपका नेताहरुले कोरोनाभाइरसको खोप तत्काल निर्माण सम्भव नभएपछि जोखिम लिएरै पनि आफ्ना मुलुकमा जारी लकडाउन र प्रतिबन्धहरुमा सहजीकरण गर्न थालेका छन् ।

यहीबीच, भारतमा एक दिन ५ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित देखिएका छन् भने १५७ जनाको ज्यान गएको छ । एसियाली मुलुकमै चीनपछि भारतमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । कोविड–१९ का कारण भारतमा कूल मृतकको संख्या तीन हजार नाघेको छ ।

चीनमा सोमबार सात जना नयाँ संक्रमित देखिएका छन् र पछिल्लो पटक समस्या देखिएको जिलिन प्रान्तमा सामाजिक दूरीका नियमहरुमा अझ कडाई गरिएको छ ।

कोरोनाभाइरसको खासै समस्या नदेखिएका बेइजिङ समेतका चीनका अन्य भागमा प्रतिबन्धहरु खुकुलो बनाइनेछ । स्थानीय प्रशासनले प्रतिबन्धहरु खुकुलो बनाएसँगै मानिसहरु मास्क नलगाई सडकमा देखिन थालेका छन् ।

जापानको प्रधानमन्त्री कार्यालयले सोमबार मुलुकको यथार्थ कूल गार्हस्थ्य उत्पादन (जिडिपी) ३.४ प्रतिशत रहने पूर्वानुमान गरेको छ । कार्यालयले आगामी दिनमा जिडिपी अरु न्यून हुने जनाएको छ । जापानको व्यापार चीन र संयुक्तराज्य अमेरिकामाथि बढी नै निर्भर भएकाले पनि अर्थतन्त्र खुम्चिएको हो ।

निकै समस्यामा परेको इटालीका प्रधानमन्त्री जिसेप कोन्टेले सोमबार मुलुकका रेस्टुराँ, बार र बिचहरु खुला गर्ने बताएका छन् । इटालीमा यी सेवा खुला गर्न केही हप्ता लाग्ने बताइए पनि प्रधानमन्त्री कोन्टेले परिस्थितिमा नाटकीय सुधार आएको बताउँदै तोकिएको समयावधि अघि नै यी सेवा खुला गर्न आदेश दिएका हुन् ।

प्रधानमन्त्री कोन्टेले “हामीले यो जोखिमको सामना गर्नु परिरहेको छ, हामीलाई यसलाई स्वीकार्नै पर्दछ, अन्यथा हामीले कहिल्यै पनि जनजीवन खुला गर्न सक्दैनौं” भनेका छन् ।

विश्वका अरु मुलुकका सरकारहरु सहित अमेरिकाका धेरै राज्यले कोरोनाभाइरसका कारण जारी लकडाउनमा सहजीकरण गर्न र जनजीवन खुला गर्न संघर्षरत छन् । संयुक्तराज्य अमेरिकाका धेरै राज्यका बारहरु, रेस्टुराँ, बिचहरुमा मानिसको ठूलो भिडभाड देखिएका छन् । उनीहरुले राज्यहरुले जारी गरेका सामाजिक दूरी समेतका नियमहरु बेवास्ता गरेको पाइएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरोनाभाइरसको खोप सम्भवतः कहिल्यै बनाउन नसकिने आइतबार बताएका छन्। विश्वभर खोप बनाउन प्रयास भइरहे पनि यो सम्भव देखिन्न, प्रधानमन्त्री जोन्सनले बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अर्थतन्त्र र जनजीवनलाई जतिसक्दो चाँडो सहज तुल्याइने बताएका छन् । उनले एनबिसी टेलिभिजनलाई प्रतिक्रिया दिँदै भने, “हामी खोप बनाउने, उपचार गर्नेतर्फ विचार गरिरहेकै छौं, तर यी कुराहरु निकै जटिल छन् ।”

राष्ट्रपति ट्रम्पका वरिष्ट आर्थिक सल्लाहकार पिटर नाभारोले कोरोनाभाइरस महामारीका बारेमा अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले पर्याप्त अध्ययन गर्न नसकेको बताएका छन्।

अमेरिकामा मात्र ३ करोड ६० लाख मानिस बेरोजगार भइसकेका छन् । व्यवसायहरु बन्द भएका कारण ठूलो क्षति व्यहोर्न बाध्य धेरै अमेरिकी राज्यहरुले घरमै बस्ने र अरु प्रतिबन्धहरु हटाएका छन् । राज्यहरुले केही विशेष किसिमका व्यवसाय खुला गर्न दिइसकेका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार झण्डै ४८ लाख मानिस कोरोना संक्रमित भइसकेका छन् भने तीन लाख १५ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । अमेरिकामा मात्र ८९ हजारभन्दा बढीको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा १ लाख ६० हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

अधिकांश अवस्थामा मानिसमा कोरोनाभाइरसका सामान्य लक्षणहरु देखिन्छन् । तर ज्येष्ठ नागरिक र स्वास्थ्य समस्या रहेका व्यक्तिमा गम्भीर स्वास्थ्य समस्या देखिन सक्छ । यस्ता व्यक्तिको मृत्यु पनि हुने गर्दछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -