- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेपालमा थप ५३ जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या ३५७ पुग्यो

May 18, 2020
645
Shares
- ADVERTISEMENT -

काठमाडौँ, ५ जेठ २०७७। नेपालमा सोमबार ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सहित नेपालमा संक्रमितको संख्या ३ सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयले सोमबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार नेपालगञ्जमा गरिएको प्रयोगशाला परीक्षणका क्रममा बाँकेमा ४७ जना र अन्य जिल्लामा ६ जना गरी ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

- ADVERTISEMENT -

Advertisement

उनका अनुसार बाँकेमा ४६ जना पुरुष र १ जना महिलामा संक्रमण देखिएको छ। त्यस्तै अन्य जिल्लामा ६ जनामा देखिएको हो ।

नेपालमा कोरोनाबाट हालसम्म २ जनाको मृत्यु भएको छ भने ३६ जना उपचारपछि निको भएर घर फर्केका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com