Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४८:४० बिहान
- ADVERTISEMENT -

उपत्यकामा सवारी चलाउन यस्तो छ नियम ‘सवारी पास’ अनिवार्य

प्रकाशित मिति: २०७७ जेठ ४, आइतबार

765
Shares

काठमाडौं, ४ जेठ २०७७ । सरकारले लकडाउनलाई खुकुलो बनाएसँगै आइतबारबाट उपत्यकामा सवारी साधन चलाउन समय तोकिएको छ । उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारी, सबै प्रहरी प्रमुख, ट्राफिक महाशाखाका प्रमुख, उद्योग व्यवासायका प्रतिनिधि लगाएतका सरोकारवाला निकायहरुबीच भएको छलफलले सवारी चलाउन समय तोक्ने निर्णय भएको बुझिएको छ ।

ट्राफिक कार्यालयका अनुसार ‘टाइम कार्ड भनेर नबुझ्न आग्रह गर्दै टाइमिङ तोकिएको बताएको छ । साथै ट्राफिक व्यवस्थापनका लागि टाइमिङ तोकिए पनि सवारी पास अनिवार्य भएको पनि सो कार्यालयले जानकारी दिएको छ । यस विषयमा थप प्रष्ट पार्दै कार्यालय प्रमुख भीम ढकालले भने–‘टाइमिङ तोकियो भनेर सबै सवारी साधन चल्न पाउने भन्ने होइन, सरकारले तोकेका एक तिहाई कर्मचारी र अन्य पास भएका सवारी साधन मात्र चल्न पाउने छन् ।’

सो कार्यालयका जसअनुसार निर्माण सामग्री बोकेका ठुला सवारी साधन (पास सहितका) बेलुकी ८ बजेदेखि विहान ६ बजेसम्म मात्र उपत्यका छिर्न पाउने छन् । त्यस्तै सरकारले भनेअनुसार एक तिहाई कर्मचारीको हकमा बिहान ९ बजेदेखि १० बजेसम्म (अफिसले दिएको पत्र सहित) अफिस पुगि सक्नु पर्ने छ । र उनीहरुलाई फर्कने सवालमा भने फरक समय तोकिएको छ । त्यस्तै बैंक तथा वित्तिय संस्थाका कर्मचारी ३ः३० देखि ५ बजेसम्म घर फर्कि सक्नु पर्ने छ भने, अन्य कर्मचारी भने बेलुकी ५ बजेदेखि ६ बजेसम्म घर फर्किनु पर्ने छ ।

त्यसैगरी सामान्यतया अत्यावश्यक सामग्री बोकेका सवारी साधन विहान ६ बजे देखि १० बजेसम्ममात्र चल्न पाउने छन् । अन्य सवारी साधन जोसँग पास छ, त्यस्ता सवारी पनि खास प्रयोजन विना गुडेको खण्डमा होल्ड हुनेछ । ‘भक्तपुरको सवारी पास लिएको छ, काठमाडौंमा गुडेको छ भने हामीले त्यस्तो सवारी साधनलाई होल्ड हुने बताएको छ । त्यस्तै सो कार्यालयले जोड दिंदै भनेको छ, एक दिनको लागि पास लगिएको छ अर्को दिन चलेको छ भने पनि सवारी साधन होल्ड हुन्छ ।’ र ‘सरकारद्वारा खुल्ला गर्ने भनिएका ४२ प्रकारका उद्योगहरुको सवारी साधनका हकमा पनि यही नियम लागु हुने बताएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -