- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कोरोना पोजेटिभ महिलाको मृत्युपछि स्वास्थ्य मन्त्रालयले अध्ययन थाल्यो

May 16, 2020
920
Shares
- ADVERTISEMENT -

काठमाडौं, शनिबार, ३ जेठ २०७७ । कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएपछि स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयको टोली धुलिखेल अस्पताल पुगेको छ । संक्रमणबाट मृत्यु भएको यो पहिलो केस भएकोले सत्य तथ्य बुझ्न मन्त्रालयको टोली धुलिखेल पुगेको हो ।

उच्च ज्वरो आएपछि धुलेखल अस्पतला ल्याइएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

उनको पीसीआर र आरडीटी दुबै रिपोर्ट पोजिटिभ आएको थियो । थप परीक्षणका लागि ती महिलाको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु ल्याइएको छ । टेकुको रिपोर्ट भने आउन बाँकी छ ।

त्यसैगरी, बाह्रबिसे नगरपालिका–९ की सुत्केरी महिलाको उपचारको क्रममा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखा परेर धुलिखेल अस्पतालमा मृत्यु भएपछि बाह्रबिसे नगरपालिकामा लक डाउन थप कडाइ गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधव काफ्लेले दिनुभएको जानकारी अनुसार बाह्रबिसे नगरपालिका छिर्ने सिमानामा प्रहरी थप परिचालन गरिएको छ ।

गाउँका कसैलाई कतै जान नदिन प्रहरीले थप कार्य अघि बढाएको छ । मृतकको चालिसे गाउँमा प्रहरी परिचालन गरी घर बाहिर निस्कन नदिइने बताइएको छ ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले आउजाउ गर्ने सबै बाटोमा प्रहरीले उच्च निगरानी बढाएको बताउनुभयो । सुत्केरी महिलाको पीसीआर रिपोर्टको आधारमा गाउँ सिल गर्ने जानकारी दिइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com