- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सरकारले जापान र हङकङबाट छुट्टीमा नेपाल आएकालाई जान अनुमति दिने निर्णय

May 15, 2020
814
Shares
- ADVERTISEMENT -

काठमाडौं, २ जेठ २०७७ । सरकारले जापान र हङकङबाट छुट्टीमा नेपाल आएकालाई जान अनुमति दिने निर्णय गरेको छ।

आज शुक्रबार बसेको उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठकले त्यहाँको भिसा भएकाहरूलाई जानको लागि अनुमति दिने निर्णय गरेको हो।

- ADVERTISEMENT -

Advertisement

‘जापान र हङकङको भिसा भएका र यहाँ आएकालाई जान अनुमति दिने निर्णय गरियो’, उच्चस्तरीय समन्वय समितिका प्रवक्ता नारायणप्रसाद विडारीले भने ।

जापान र हङकङमा स्थायी बसोबास भएकाहरू घुम्नका लागि नेपाल आएका, छुट्टीमा आएकाहरूलाई जान दिइने उनले बताए। ‘तर उनीहरू आफ्नै खर्चमा जानुपर्छ। सरकारले जान अनुमतिमात्र दिएको हो’,उनले भने ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com