जापान, २ जेठ २०७७ । जापानमा जारी करीब एक महिना लामो राष्ट्रिय आपतकाल बिहिवार अन्त्य भएको छ ।
प्रधानमनित्र शिंजो अबेले विहिवार आपतकाल सकिएको घोषणा गरेका हुन् । यद्यपी, राजधानि टोक्यो र ७ अन्य क्षेत्रमा सतर्कतालाई मध्यनजर गर्दे प्रतिबन्ध कायम राखिएको छ ।
जसमा ओसाका, क्योता र होकाइदो जस्ता प्रमुख शहर समावेश छन् । जापानी प्रधानमन्त्रि अबेले ७ अप्रिलमा टोक्यो र ६ अन्य शहरमा एक महिना लामो राष्ट्रिय आपतकालको घोषणा गरेका थिए । पछि यसलाई ३१ मे सम्मको लागी पुरै देशमा लागु गरिएको थियो ।
अबेले आपतकाल अन्त्यको घोषणा गर्दे भने कि आजबाट हाम्रो जिवनको दैनिकीको नयाँ शुरुवात भएको छ । उनले देशको अर्थब्यवस्थालाई जिउँदो राख्न आपतकाल हटाए पनि कोरोना संक्रमणको खतरा बढ्नेको चेतावनी दिदै जनताहरुलाई सावधानी अपनाउनको लागी अपिल गरेका छन् ।
साथै, टोक्यो र बाँकी क्षेत्रमा रहेको आपतकाल हटाउने विषयमा आउँदो हप्ता विशेषज्ञसँग बैठक बसेपछि लिइने बताइएको छ । अमेरिकाको जोन हपकिन्स युर्निभसिटिको अनुसार, जापानमा अहिलेसम्म १६,०५० जना संक्रमित छन भने ६७८ मानिसले ज्यान गुमाइसकेका छन् ।








































