गोरखा, ३० बैशाख २०७७ । गोरखाका ११ वटै स्थानीय तहले पिसिआर परीक्षण गर्नमाग गरेका छन् । नेपाली काङ्ग्रेस गोरखाले ११ वटै स्थानीय सरकारका प्रमुखहरुसंग मंगलबार गरेको कोरोना महामारी बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने सरकार प्रमुखहरुले सरकारले यथासीघ्र पिसिआर परीक्षण जिल्लाव्यापी बनाउनु पर्नेमा जोड दिनु भएको छ ।
‘भारतका बिभिन्न सहरदेखि लुकिछिपी गाउँ आइपुगेका छन् । तिनको न आरडिटी, न पिसिआर परीक्षण’,अनाधिकृत रुपमा गाउँपालिका भित्रिनेको संख्या बढिरहेकाले कोरोनाको त्रास बढिरहेको अजीरकोट गाउँपालिकाका प्रमुख फणिन्द्र धिताल भन्नुहुन्छ । , ‘आरडिटी नेगेटिभ आयो भनेर अंकमाल गर्दै हिडेका छन् । भलिबल, फुटबल खेलेर हिडेका छन् । वनभोज, पूजा, जात्रामा रामरमिता गरेर हिडेका छन् । यसले झन जोखिम बढेको छ ।’ कोरोना त्रास घटाउन अनिबार्य रुपमा पिसिआर परीक्षणको दायरा बढाउनु पर्ने भए पनि सरकार कानमा तेल हालेर बसेको उहाले भन्नुभयो ।
ठेकेदारहरुले संक्रमित जिल्लाको कामदार ल्याउन नपाए काम नगर्ने भनेर विकास निर्माणमा भाँजो हालिरहेको गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले तर्क गर्दै ‘ठेकेदारहरु जिल्लाभित्र उपलब्ध कामदार प्रयोग गर्न चाहँदैनन् । संक्रमित जिल्लाबाट कामदार नल्याए काम गर्न नसक्ने जिकिर गरिरहन्छन्’, ‘संक्रमित जिल्लाबाट कामदार भित्र्याउन दिने कुरै भएन । कामचोर ठेकेदारहरुको यस्तै नचाहिँदो लफडा गरेर आयोजनाको म्याद थप्ने चाला रचिरहेका छन् ।’ उहाले भन्नुभयो ।
पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले लकडाउनका बेला खान समस्या हुने श्रमिकलाई ५० प्रतिशत श्रमदान गराएर राहत दिने योजना बनाएको बताएका थिए । त्यस्तै सिरानचोक गाउँपालिकाकी उपप्रमुख रीता देवकोटाले श्रम गराएर राहत दिने र बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन रकम दिने कार्यक्रम गाउँपालिकाले ल्याएको जानकारी दिनुभयो ।
कोरोना महामारी व्यवस्थापन गर्दा स्थानीय सरकारले भोग्नु परेको चुनौति र प्रदेश तथा संघ सरकारले गर्नुपर्ने कामको एकीकृत सुझाव संकलनका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको काङ्ग्रेस सभापति हरिबहादुर घलेले बताउनु भयो । संकलित सुझाव संस्लेषण गरेर पार्टीको केन्द्रीय समितिमार्फत प्रदेश र संघ सरकारलाई बुझाउने उहाले भन्नु भयो ।
११ वटै स्थानीय तहलाई सर्जिकल मास्क प्रदान गरिएको पार्टी सचिव नन्दप्रसाद न्यौपानेले जानकारी दिनुभयो । यसअघि जिल्लाका उद्योगी, व्यापारी, निर्माण व्यवसायी, यातायात व्यवसायीहरुसंग पनि अन्तरक्रिया गरिएको उहाले भन्नुभयो ।
गोरखा जिल्लामा अहिलेसम्म जम्मा ३३ जनाको पिसिआर परीक्षण गरिएको भन्दै पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापाले कोरोना नियन्त्रणका लागि यो गति अत्यन्त कमजोर औँल्याउनु भयो । ‘अहिलेसम्म जम्मा ३३ जनाको पिसिआर र सातसय २८ जनाको मात्र आरडिटी परीक्षण गरिएको छ ।








































