- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गगन थापाको कविता संसदमा ‘म त भाग्यमानी’

May 11, 2020
1220
Shares
Photo: Naresh Shrestha/ THT
- ADVERTISEMENT -

काठमाडौं, २९ बैशाख २०७७ । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्पित गर्दै संसदमा कविता सुनाएका छन्।

आज सोमबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोलेका सांसद थापाले सभामुखमार्फत् प्रधानमन्त्रीमा समर्पित बाल कविता ‘म त भाग्यमानी’ सुनाएका हुन्।

- ADVERTISEMENT -

Advertisement

सांसद थापाको कविता:

छैन यहाँ देशको नक्सा मेटिएको

- ADVERTISEMENT -

Advertisement

न त लिपुलेकलाई डोजरले रेटिएको।

यस्तो सबल सरकार छ

सीमा कसले मिच्ने?

कोही छैनन् जोरी खोज्ने छैनन् कोही हेप्ने

सयौं कोस हिँड्दा पनि श्रमिक छैनन् आहात

गरिबलाई सम्मान छ सरकारबाट राहत

विदेशमा कोही पनि अलपत्र छैनन्

दु:ख, पीडा सुनाउने ती नेपाली नै होइनन्

जनताको व्यथालाई ध्यान दिएर सुन्ने

कृषक, साना व्यापारीको साह्रै मर्म बुझ्ने

भ्रष्टाचारलाई नसहने सरकारको छ नीति

हावादारी हल्ला हुन् ओम्नी र यती

सबैतिर वाह वाह यस्तो विकास देख्दा

पत्रकार नि दंग छन् यी समाचार लेख्दा।

कोमल हृदयका प्रधानमन्त्री

आँसु कवि हाम्रा

दिन नबिराई सिर्जना छ आहा कति राम्रा

राहत खोज्दै आउनेलाई तिनै गीत दिउँला

गीत कविता भट्याउँदै कालापानी जाऔंला

सारा नेपाल हाँसेको छ मेचीकाली गाउँछ

आँसु आए बरू त्यही गीतले आउँछ।

यस्तो नायक गजबका ल्यायौं जानीजानी

अहो हामी नेपाली त साह्रो भाग्यमानी

म त साह्रै भाग्यमानी।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com