काठमाडौं, २८ बैशाख २०७७ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सिमानाका बारेमा सरकारले पश्चाताप मात्रै गर्ने कि प्रतिवाद पनि गर्ने भन्दै प्रश्न गर्नुभएको छ ।
प्रतिनिधि सभाको बैठकमा उहाँले नेपाली भूमि प्रयोग गरेर भारतले सडक बनाएको सरकारलाई थाहा हुँदा हुँदै पनि रोक्न नसकेको बताउनुभयो ।
भारतले सडक निर्माण गरेकोप्रति भत्सर्ना गर्दै उहाँले त्यसको प्रतिवाद गर्न आग्रह गर्नुभयो ।
उहाँले भारतको दादागिरीको प्रतिरोध गर्न सिंगो नेपाली र कांग्रेस तयार रहेको पनि बताउनुभयो ।








































