- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

भूमि अतिक्रमण गरी सडक निर्माण गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

May 10, 2020
542
Shares
- ADVERTISEMENT -

काठमाडौं, २८ बैशाख २०७७ । नेपाल पत्रकार महासंघले भारतद्वारा नेपाली भूमि अतिक्रमण गरी सडक निमार्ण गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले आज एक विज्ञप्ति जारी गर्दै भारतद्वारा नेपाली भूमि अतिक्रमण गरी दार्चुलास्थित व्यास गाउँपालिका–१ को गुञ्जीदेखि लिपुलेकसम्म करिव २२ किलोमिटर सडक निर्माण गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

- ADVERTISEMENT -

Advertisement

दुई देशबीच सहमति र सन्धि भई सीमाको सिमाङ्कन भइसकेको अवस्थामा भारतद्वारा त्यसलाई नजरअन्दाज गरी एकपक्षीय ढंगबाट सडक निर्माण गरिनु आफैंमा दुःखद् र खेदजनक कार्य हो । विज्ञप्तिमा भनिएको छ, ‘भारतीय कदमले दुई देशबीचको प्रगाढ सम्बन्धमा खलल् पुग्ने खतरा बढेको छ । ’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com