Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४०:२६ बिहान
- ADVERTISEMENT -

पिसिआर परीक्षणको दायरा बढाइँदै, ५० हजार पिसिआर किट मौज्दात

प्रकाशित मिति: २०७७ वैशाख २८, आइतबार

481
Shares

काठमाडौँ, २८ बैशाख २०७७ । सरकारले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन पिसिआर परीक्षणको दायरालाई थप विस्तार गर्दै लैजाने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पिसिआर परीक्षणका लागि हाल मौज्दातमा कूल ५० हजार पिसिआर किट रहेकाले दायरा विस्तार गर्न लागिएको हो ।

द्रूत परीक्षणलाई नियमितरुपमा अगाडि बढाइरहेको भए पनि पिसिआरका माध्यमबाट वस्तुगत विवरण प्राप्त हुने भएकाले दायरा विस्तार गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

देशभर नै परीक्षणको दायरा बढाइएको उल्लेख गर्दै मन्त्रालयले कुनै पनि स्थानमा परीक्षणमा कुनै समस्या नहोस् भन्ने तर्फ ध्यान दिइएको उल्लेख गरेको छ । पिसिआर परीक्षणको दायरा नबढेको भन्ने जस्ता गुनासा सुनिन थालेपछि सरकारले थप पहल गरेको हो ।

सरकारले प्रदेश नं २ का रौतहट, बारा र पर्सा तथा प्रदेश नं ५ का जिल्लामा थप परीक्षण गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको जनाएको छ । ती जिल्लामा नमूना सङ्कलनका लागि मन्त्रालयले टोली परिचालन भइसकेको जनाएको छ । सो प्रदेशमा हालसम्म पछिल्ला तीन दिनमा ४०० पिसिआर परीक्षण गरिएको उल्लेख गर्दै प्रवक्ता डा देवकोटाले लगातार परीक्षण गरिने बताए ।

प्रदेश नं। ५ मा मात्रै कूल सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ । यस्तै प्रदेश नं १ मा ३४, प्रदेश नं २ मा ३१, वाग्मती प्रदेशमा सात, गण्डकी प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा पाँच सङ्क्रमित छन् ।

देशभर कूल ११० जना कोरोनाबाट सङ्क्रमित भएको तथ्याङ्क पेश गर्दै प्रवक्ता देवकोटाले हालसम्म ३१ जना अस्पतालबाट घर फर्केका र ७९ जना उपचारका क्रममा रहेका छन् । त्यसमा पुरुष ७८ र महिला ३२ रहेका छन् । शुक्रबार कैलालीको सेती अस्पतालबाट एक महिला ३५ दिन पछि घर फर्केको समेत मन्त्रालयलले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार वीरगञ्जमा २७, विराटनगरमा २०, रुपन्देहीमा छ, नेपालगन्जमा २४ र भरतपुरमा एक जना गरी ७८ जनाको उपचार भइरहेको छ । उपचारमा रहेका सङ्क्रमितको अवस्था राम्रो रहेको छ ।

५५ हजार बढीको परीक्षण

हालसम्म कूल ५५ हजार ९३० जनाको आरटिडी (द्रूत परीक्षण) गरिएको छ । यस्तै पिसिआर प्रणालीबाट परीक्षण गरिएको सङ्ख्या १६ हजार ३०९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै एक हजार ७४२ जनाको आरटिडी परीक्षण गरिएको छ । प्रदेश नं १ मा सात हजार ५५, प्रदेश नं २ मा पाँच हजार ८९०, वाग्मती प्रदेशमा नौ हजार १०५, गण्डकी प्रदेशमा छ हजार ३७७, प्रदेश नं ५ मा छ हजार ६३८, कर्णाली प्रदेशमा छ हजार १७४ र सुदूरपश्चिम प्रदेशमा कूल १४ हजार ६९१ को परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म कूल १४ हजार ५९२ जना क्वारेन्टाइनमा रहेका छन् । त्यसमा प्रदेश नं १ मा एक हजार ४८६, प्रदेश नं २ मा एक हजार ३५५, वाग्मती प्रदेशमा २९४, गण्डकी प्रदेशमा ४६३, प्रदेश नं ५ मा पाँच हजार २२८, कर्णाली प्रदेशमा दुई हजार ४५५ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ३५१ क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै आइसोलेशनमा १४३ रहेका छन् । त्यसमा काठमाडौँ उपत्यकामा दुई र उपत्यका बाहिर १४१ रहेका छन् । हालसम्म मोबाइल एप र बेव पेजमार्फत गुनासो गर्नेको सङ्ख्या ३४ हजार ५१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २५४ गुनासो आएकामा त्यसलाई सम्बोधन गरिएको छ । तीमध्ये चार जना रेड जोनमा परेका छन् । हालसम्म रेड जोनमा पर्नेको सङ्ख्या ३४० पुगेको छ ।

थप सामाजिक दूरी कायम गर्न आग्रह

सरकारले आइतबारदेखि थप अत्यावश्यक सेवासमेत सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिँदै प्रवक्ता डा देवकोटाले सामाजिक दुरी कायम गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राख्न आग्रह गरेका छन् । आइतबारदेखि बैंक तथा वित्तीय संस्था, बीमालगायतका अन्य सेवासमेत सञ्चालनमा आउने भएका छन् । यस्तै मङ्गलबारदेखि शेयर बजारसमेत खुल्ने भएको छ ।

यो अवस्थालाई मध्यनजर गरेर सामाजिक दुरी कायम गर्न, घर तथा कार्यालय जाँदा साबुन पानीले हात धुने तथा स्यानिटाइजरको प्रयोग गर्न उनले आग्रह गरे । “सामाजिक दुरी कायम गर्दै मास्क लगाउन तथा अन्य स्वास्थ्य सुरक्षाको उपायसमेत अपनाउन अनुरोध छ”, डा देवकोटाले भने । यस्तै कार्यालयमा भौतिक दुरी कायम गरी आवश्यक सेवा प्रवाह गर्न र आधिकारिक सूचनाको पहुँचमा रहनसमेत उनले सबैमा अनुरोध गरे।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -