Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१७:४१ बिहान
- ADVERTISEMENT -

शिक्षा मन्त्रालयले सञ्चालनमा ल्यायो इ-लर्निङ पोर्टल

प्रकाशित मिति: २०७७ वैशाख २७, शनिबार

927
Shares

काठमाडौं, २७ बैशाख २०७७ । लकडाउनको कारण फुर्सदमा रहेका कक्षा १ देखि १० सम्मका विद्यार्थीले पढ्न मिल्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लर्निङ पोर्टल सञ्चालनमा ल्याएको छ ।

मन्त्रालयका अनुसार कक्षा १ देखि १० सम्मका विद्यार्थीले विद्यालयमा पढ्ने सामग्रीलाई यो पोर्टलमा समावेश गरिएको छ । सबै विषयको सामग्री यसमा समेटिएको छ । यसको सञ्चालन तथा नियन्त्रण शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गर्नेछ । पोर्टल खोल्न learning.cehrd.gov.np मा क्लिक गर्नुपर्छ । केन्द्रका महानिर्देशक डा. तुल्सी थपलियाका अनुसार विद्यार्थीले यो पोर्टलमा गएर आफूलाई आवश्यक कक्षा र उक्त कक्षाका विषय अनुसारको सामग्री पढ्न पाउनेछन् ।

केन्द्रका अनुसार एक पटक इन्टरनेट खोलेर आफूलाई मन परेको सामग्री डाउनलोड गरेर फुर्सदमा पढ्न मिल्ने छ । कोभिड १९ को संक्रमण त्रासका कारण पढाईबाट बञ्चित भएका विद्यार्थीलाई लक्षित गरेर यो पोर्टल सुरु गरिएको हो । फुर्सदमा रहेका विद्यार्थीलाई अनलाइनबाट पढाउने होडबाजी चलिरहेको बेलामा केन्द्रले यो पोर्टल सञ्चालनमा ल्याएको हो । पोर्टलमा समावेश गरिएका सबै सामग्री हार्ड ड्राइभकम राखेर सातै प्रदेशमा पठाइएको महानिर्देशक थपलियाले जानकारी दिनुभयो ।

विद्यार्थीले स्कुलमा पढ्ने पुस्तकका सामग्री नै यो पोर्टलमा राखेको हुनाले अहिले पढेका विद्यार्थीलाई स्कुल खुलेपछि सिक्न सहज हुने उहाँको विश्वास छ । केन्द्रले सरकारी तथा नीजि लगानीका विद्यालयलाई यो पोर्टलबाट आवश्यक सामग्री प्रयोग गर्न भनेको छ । फुर्सदमा रहेका शिक्षक र विद्यार्थीलाई यो पोर्टल उपयोगी हुने केन्द्रको भनाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -